काठमाडौँ, ५ असार । इराकमा मुस्लिम लडाकुद्धारा नेपाली अपहरित भएको समाचार सार्वजनिक भएका छन् । टर्कीका समाचार समितिहरु डोगन र अनाडोलुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्मले किर्कुक सहरमा नेपालीहरु अपहरणमा परेको जनाएको छ ।
६० जना अपहरणमा परेको समाचारमा जनाइएको छ । इराकको उत्तरी क्षेत्रमा केही दिनदेखि आक्रमण गर्दै आएको इस्लामिक स्टेट इन इराक एण्ड सिरिया आइसीसका लडाकुद्धारा उनीहरु अपहरित भएका आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
तर, नेपाली अपहरणमा परेकाबारे परराष्ट्र मन्त्रालयलाई स्पष्ट जानकारी छैन् । परराष्ट्रका मन्त्रालयका अधिकारीहरुले समाचार सुनेर मात्र जानकारी पाएको भन्दै अनुसन्धान भइरहेको जनाएका छन् । परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले पनि उपहरणबारे आधिकारिक सूचना प्राप्त नभएको बताए ।
इराकमा ६० हजार नेपाली भारतको नयाँ दिल्ली हुदैँ त्यहाँ पुगेका छन् ।














प्रतिक्रिया