२९ आश्विन २०८३, बिहिबार

अत्याधिक विषादी हाल्ने किसानहरु सावधान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lila Mani Paudelकाठमाडौं, ५ असार । धेरै मुनाफा आर्जन गर्ने लालसा राखेर तरकारीमा अत्याधिक विषादी हाल्ने किसानहरु सावधान । उपभोक्ताको स्वास्थ्यप्रति संवेदनसिल हुदै

कृषि विकास मन्त्रालयले मुलुककै पहिलोपटक कालीमाटीस्थित फलफुल तथा तरकारी बजारुमा विषादीको मात्रा पत्ता लगाउने प्रयोगशाला संचालनमा ल्याएको छ । मुलुकमा भित्रिने विषादीको ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुन थालेपछी चिन्तित मन्त्रालयले विषादी अवशेष दु्त विश्लेषण प्रयोगशाला बुधबारदेखी संचालनमा ल्याएको हो ।

प्रयोगशालामा ताइवानबाट ल्याइएको नौ लाख रुपैया लागतको स्पेक्टोफोटोमिटरले तरकारी र फलफुलमा रहेको विषादीको अवशेष जाच्नेछ । मन्त्रालय मातहत रहेको बाली संरक्षण निर्देशनालयका चार जना प्राविधिक (उपसचिव) हरुले थोकबजारमा बिक्रिमा राखिने तरकारी र फलफुलको नमुना छानेर विषादी जाच्नेछन् ।

‘बजारमा ल्याइएको तरकारीको नमुना छानेर विषादीको अवशेषको मात्रा कति छ आधा घन्टाभित्र जाचेर मात्रै साना बजार र उपभोक्तालाई विक्रिकालागी अनुमती दिने छौ,’ प्रयोगशाला संचालनको जिम्मा लिएको बाली शंरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले भने । उनका अनुसार, ताइवानले विकास गरेको यो प्रविधि  एशियाप्रान्तमा भित्र्याउनेमा नेपाल चौथो मुलुक हो ।

उनका अनुसार, प्राविधिकहरुले अत्याधिक विषादी भेटीएका कृषि उपजलाई बजारमा प्रतिवन्ध लगाउदै किसानलाई फिर्ता पठाउनेछन् । विषादीको अत्याधिक प्रयोग गर्ने किसानहरुलाई विषादी ऐन अनुसार, कारवाही पनि गरिनेछ ।

‘उपभोक्ताको स्वास्थ्यमाथी कसैलाई खेलवाड गर्ने अधिकार छैन,’ मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘यो प्रयोगशालाको स्थापनाले किसानहरुले पनि सन्तुलित ढंगबाट विषादीको प्रयोग गर्न सिकुन ।’

उनले व्यवसायी र किसान दुबैले प्रयोगशालालाई उत्प्रेरणाका रुपमा लिन सुझाउदै उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिन भने । मुलुकै सबैभन्दा ठुलो फलफुल तथा तरकारी बजारमा राखिएको प्रयोगालशा उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलले विषादीमुक्त तरकारी र फलफुलको प्रयोग बढाउने उदेश्यले स्थापना गरिएको प्रयोगशालालाई बजेटमा प्राथमिकता दिदै बिस्तार गर्न निर्देशन दिए । कान्तिपुर दैनिकबाट