२९ आश्विन २०८३, बिहिबार

वीरमा वास्तविक मूल्य कसैलाई थाहा छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, ५ असार । वीर अस्पतालको बर्न वार्डमा विगत डेढ वर्षदेखि एकै व्यक्तिले बायोटिन नामको कोलोप्लास्ट बिक्री गर्दै आएका छन् । यो प्लास्ट पोलेको घाउमा लगाउन प्रयोग गरिदै आएको छ ।

एकै व्यक्तिको दुई वटा कम्पनी एक्सिस ट्रेड लिङ्क र सर्जिकल ट्रेडिङ कन्सर्न बाट उक्त कोलोप्लास्ट बिक्री गरिदै आएको छ । यसको वास्तविक मूल्य कति हो भन्नेबारे कसैलाई थाहा छैन । न त औषधीको प्याकेटमा मुल्य लेखिएको छ न त बजारमा किन्न नै पाइन्छ ।

प्लाट आपुर्ति गर्ने व्यक्तिले जति भन्यो बिरामी त्यति नै मुल्य तिर्न वाध्य छन् । पोलेको घाउमा लगाउने सानो प्लास्टलाई १ हजार १ सय र ठूलो लाई दुई हजार १ सय ५० रुपैयामा बिक्री गरिरहेका छन् ।

अस्पताल स्रोतका अनुसार कतिपय अवस्थामा चाहिनेभन्दा बढी बिरामीलाई किनाउन वाध्य पारिएको छ । एक प्रतिशत पोलेको बिरामीलाई एउटा सानो प्लास्टले ठिक हुने भए पनि बढी परिणममा किन्न लगाइरहेका छन् । ‘बढी भएको फिर्ता लिन आउभन्दा आलटाल गर्छन्’ वर्न वार्डमै कार्यरत एक कर्मचारीले भने, ‘त्यसको भ्याट बिल पनि दिँदैन, अफिस पनि देखाउँदैन ।’

अस्पतालको वर्न वाडमा डढेलोमा जलेका, करेन्ट लागेका, चट्याङ र आगलागीमा परेका गरीब बिरामी आउने गरेका छन् । यस्ता बिरामीलाई कोलोप्लास्टको मुल्य कति भन्ने थाहा हुदैन । अस्पतालका आएका बिरामीलाई बायोटिन आवश्यक परे ती व्यक्तिलाई फोन गरेर बोलाइ बिरामीलाई प्लास्ट उपलब्ध गराइन्छ ।

अस्पतालमा एकलौटी बायोटिन कोलोप्लास्ट बिक्री गर्दै आएका रोहितले सिमित ठाउँमा मात्रै यसको बिक्री हुने गरेको बताए । एक्सपोर्टरइम्पोर्ट कम्पनीमार्फत प्रत्यक्ष बेचिरहेको उनले बताए । ‘बजारमा यसको कम बिक्री हुने भएकाले फार्मेसीहरुले राख्न मान्दैनन्,’ उनले भने, ‘त्यसैले जलेका बिरामी आएपछि अस्पतालबाटै फोन गरेर बोलाउँछन् । म गएर बिक्री गर्छु ।’ कान्तिपुर दैनिकबाट