२८ आश्विन २०८३, बुधबार

एमाले महाधिवेशन: चार जिल्लामा सर्वसम्मत प्रतिनिधि छानिए, ओली भन्दा नेपाल अघि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, ४ असार । नेकपा एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने मिति आउन अझै तीन दिन बाँकी छ ।

अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबै समूह नै बनाएर मुलुकभरी आफ्नो पक्षमा माहोल ल्याउन लागि परेका छन् । दुबै समूहको त्यस्तो खाले माहोलका कारण मुलुकभरीका कुनै पनि जिल्ला र जनवर्गीय संगठनमा सर्वसम्मत प्रतिनिधि छनोट हुने सम्भावना न्युन भएको विश्लेषण धेरैले गरिरहेका थिए । तर, प्रतिनिधि छनोट गर्ने मिति आउनु अघि नै चार जिल्लाले प्रतिनिधिहरु निर्विरोध चयन गरेर त्यस्तो अनुमानलाई गलत सावित गरेका छन् । बुधबार रसुवा, ताप्लेजुङ, तेह्रथुम र सोलुमा प्रतिनिधिहरु निर्विरोध चयन भएका हुन् ।

रसुवाबाट ७ जना प्रतिनिधि चयन भएका छन् । सभासदद्धय जनार्दन ढकाल र छेवाङ तेन्जिङ लामा, अशोक घिमिरे, शान्ति तामाङ, कर्णेल लामा, माधव अर्याल र भरत विक प्रतिनिधि छानिएका हुन् ।

त्यसैगरी तेह्रथुमबाट पनि १३ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् । पिताम्बर तिमल्सिना, पूर्वजिविस सभापति किशोरचन्द्र दुलाल, सञ्जय तम्वाहाङ्फे, सोम गौतम, ज्ञानमाया भुजेल, लक्ष्मण तिवारी, अनुभूति बम, गोविन्द श्रेष्ठ, शिव ढुंगाना, विष्णुमाया बिक र बेलीमाया भुजेल निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।

त्यस्तै ताप्लेजुङबाट पनि छिरिङ लामा, मंगलसिंह केदेम, चन्द्रमान वनेम, मणिशंकर पोमु, होमकुमारी साँवा, नेत्र नेपाली र मणि सुब्बा निर्विरोध निर्वाचित भएका छन् ।

सोलुखुम्बुबाट पुष्पबाबु बस्नेत, कल्पना नाछिरिङ र इन्द्रबहादुर विक निर्विरोध चयन भएको पार्टी सचिव डुफ बास्तोलाले दैनिक नेपालालई जानकारी दिनुभयो ।

को बलियो ?

पहिलो चरणको प्रतिनिधि चयनमै माधव नेपाल पक्ष बलियो भएको स्रोतको दाबी छ ।

तेह्रथुम, ताप्लेजुङ र सोलुखुम्बुमा माधव नेपाल पक्ष बलियो देखिएको छ भने रसुवामा ओली पक्ष हाबी भएको छ ।

तेह्रथुमबाट १३ प्रतिनिधि निर्विरोध भएकामध्ये ५ जना ओली पक्षधर र ६ नेपाल पक्षधर रहेको स्रोतले जनाएको छ । तेह्रथुमबाट छानिएका राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, पूर्वजिविस सभापति किशोरचन्द्र दुलाल, सञ्जय तम्वाहाङ्फे, सोम गौतम र ज्ञानमाया भुजेल ओलीपक्षका हुन ।

माधव नेपाल पक्षबाट भने लक्ष्मण तिवारी, अनुभूति बम, गोविन्द श्रेष्ठ, शिव ढुंगाना, विष्णुमाया बिक र बेलीमाया भुजेल निर्विरोध छानिएका छन् ।

ताप्लेजुङमा पनि नेपाल पक्षले नै पकड जमाएको छ । ७ जनामध्ये बहुमत नेपाल पक्षको रहेको सोतको दाबी छ ।

सोलुखुम्बुमा पनि नेपाल पक्षकै वर्चश्व छ । सोलुबाट निर्वाचित भएकामध्ये पुष्पबाबु बस्नेत र इन्द्रबहादुर विक माधव नेपालका पक्षका हुन् भने कल्पना नाछिरिङ ओली पक्षधर हुन् ।

यता, रसुवामा भने ओली पक्ष हावी भएको छ । रसुवाबाट चुनिएका ७ जना प्रतिनिधिमध्ये चार केपी ओली र तीन माधव नेपाल पक्षका हुन् । सभासदद्धय जनार्दन ढकाल र छेवाङ तेन्जिङ लामा, अशोक घिमिरे र शान्ति तामाङ ओली पक्षका हुन् भने कर्णेल लामा, माधव अर्याल र भरत विक नेपाल पक्षका हुन् ।