२९ आश्विन २०८३, बिहिबार

डिआईजी बढूवा नगर्न दिएको अन्तरिम आदेश खारेज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौ, ३ असार । पुनरावेदन पाटनले प्रहरीको बढूवा कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

बढूवा सिफारिसमा नपरेको भन्दै डीआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा अदालतले जेठ २६ मा मुद्दाको टुंगो नलागेसम्म सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय द्वारिकामान जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

अदालतले अन्तरिम आदेश जारी नगर्दा अपूरणीय क्षति हुने नदेखिएको भन्दै यसअघिको फैसला खारेज गरेको हो । बढूवा सिफारिसमा परेका ६ डीआईजीले अन्तरिम आदेश खारेजीका लागि निवेदन दिएका थिए । उक्त निवेदनको सुनुवाई गर्दै अदालतले यस्तो फैसला सुनाएको हो ।

कात्तिक २९ देखि रिक्त ७ एआईजी पूर्ति प्रक्रिया नियमावली संशोधन नहुँदा करिब ६ महिनादेखि अड्किएको थियो । डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबहादुर श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद एआईजी बढूवाको सिफारिसमा परेका थिए ।

नयाँ नियमावलीअनुसार गृहसचिव अध्यक्ष रहने सिफारिस समितिले जेठ १३ गते ७  डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा आफूलाई छुटाएको भन्दै एकैदिन डीआईजीमा पदोन्नति भएका १३ मध्येका एक पर्शुराम खत्री अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् । कान्तिपुर दैनिकबाट