२८ आश्विन २०८३, बुधबार

सामस्यवादीहरू मुलुकमा समाधान चाहँदैननः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra Poudelचितवन, ३ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरूले सधैँ समस्या जन्माउने गरेको आरोप लगाए ।

पौडेलले समस्या जन्माएपछि उनीहरूले समाधान गर्न नदिने गरेको बताए । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘सबैखाले गतिरोध उनीहरूबाटै उत्पन्न भएको छ ।’

उपसभापति पौडेलले लोकतान्त्रिक संविधान बन्ने पक्कापक्की भएको बताउँदै अबको ठूलो दायित्व काँग्रेसको काँधमा आएको बताए ।

संसदीय प्रणाली अङ्गिकार गर्न नदिन काँग्रेसलाई घेराबन्दी गर्नेकार्य भइरहेको भन्दै उनले कांग्रेस आफ्नो अडानबाट कहिल्यै विचलित नहुने अठोट व्यक्त गरे ।

सभापति सुशील कोइरालाले अमेरिका जानुअघि सुकुम्बासी आयोग गठन गरेर गएको भन्दै उपसभापति पौडेलले सुकुम्बासी र किसानको समस्या काँग्रेसले जति कसैले नबुझेको बताए ।