विजय थापा
भर्जिनिया । ३२ औँ एएनए डिसी सम्मेलन खेलकुदको भब्य तयारीका लागि डिसी महानगर क्षेत्रमा स्थापना भएको डिसी फुटबल क्लबले भर्जिनियाको आर्लिंगटनमा बाल्टिमोर एथलेटिक क्लब तथा डिसी फुटबल क्लबबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
मैत्रीपूर्ण खेलले दुई खेल टोली तथा खेलाडीबीच प्रगाढ सम्बन्ध स्थापना गर्न सकेको अनुभूति भएको चन्द्र लामाले बताए । खेलमा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको थियो भने डिसी फुटबल क्लब उप बिजेता हुन् पुगेको थियो । उक्त मैत्रीपूर्ण खेलले एएनएको समग्र खेलकुदलाई सहयोग पुर्याउने लामाको विश्वास छ ।
३२ औ एएनए डिसी सम्मेलनको तयारीको लागि बोलाईएको बैठकमा उक्त मैत्रीपूर्ण खेल बारे आयोजक समितिलाई जानकारी समेत गराइएको थियो ।















प्रतिक्रिया