१ कार्तिक २०८३, आइतबार

इराक भ्रमण नगर: नेपाल सरकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadurbar

काठमाडौँ, २ असार । परराष्ट्र मन्त्रालयले इराकमा देखापरेको बिग्रँदो सुरक्षा अवस्थाको अन्त्य नभएसम्मका लागि सर्वसाधारण नेपालीलाई त्यहाँ भ्रमण नगर्न आग्रह गरेको छ ।

साथै इराकमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो व्यक्तिगत सुरक्षाप्रति उच्च सतर्कता अपनाउन तथा आफू र आफ्ना निकटका कोही कुनै समस्यामा परेको जानकारी प्राप्त भएमा तुरुन्त नेपाली राजदूतावास इस्लामावाद वा नेपाली राजदूतावास कुवेत सिटीमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

नेपाल राजदूतावास इस्लामावादको सम्पर्क नम्बर ००९२५१२६५५१३९, ००९२५१२६५५१८२, ००९२५१२६५५१८३, ००९२५१२६५५१८१ तथा फ्याक्स नंं ००९२५१२६५५१८४ र इमेल [email protected], nepem@isb,comsats.net.pk, info@nepalembassy,pk तथा नेपाली राजदूतावास कुवेत सिटीको सम्पर्क नम्बर ००९६५२५३३१६०३, ००९६५२५३२१६०४, ००९६५२५३२१६०५, फ्याक्स ००९६५२५३२१६०१, ००९६५२५३२१६२८ र इमेल [email protected], [email protected] रहेको जानकारी गराइएको छ ।