१ कार्तिक २०८३, आइतबार

माधवलाई इश्वरको प्रस्ताव– ‘कार्यकारी पदमा नबसेको शक्तिशाली नेता बन्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal-and-ishor-pokhrel

काठमाडौँ, असार २ । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यकारी पदमा नवसेको शक्तिशाली नेता बनाउनु पर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

नेकपा एमालेको नवौँ महाधिवेशनका सन्र्दभमा सोमवार राजधानीमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली निकट समूहले आयोजना गरेको एक कार्यक्रममा महासचिव पोख्रेलले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

‘माधव कमरेडलाई अव थप नेतृत्वको झमेलामा अल्झाउनु हुँदैन,’ उनले लिखित मन्तव्य प्रस्तुत गर्दै भन्नुभयो, ‘उहाँ अव कार्यकारी पदमा नवसेको शक्तिशाली नेता बन्नुपर्छ ।’ उहाँले नेपालले विभिन्न कालखण्डमा गरेको योगदानको पार्टीले कदर गर्ने समेत प्रष्ट पार्नुभयो । ‘उहाँले आफ्नो योग्यता र क्षमताको प्रयोग गर्ने यथेष्ट मौका पाइसक्नु भएको छ,’ पोख्रेलले भन्नुभयो, ‘अबको उहाँको अवधी भनेको भावी पुस्तालाई अभिप्रेरित गर्न उहाँले विगतमा आफुद्वारा सम्पादन गरिएका कामको अनुभव हस्तन्तरण गर्ने समय हो ।’ त्यसले समवयका साथीहरुका माध्ययमबाट नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज हुने उहाँको दाबी थियो ।

त्यसैगरी उहाँले आफुलाई काँधमा बोक्नेलाई भर्भराउँदो युवा देख्ने र अलिकति आलोचनात्मक चेत राख्नेवित्तिक्कै पूर्वाग्रह राखेको सम्झने केही नेताहरुको मानसिकताका कारण नेतृत्व विकासमा चुनौति भएको दाबी गर्नुभयो । उहाँका ती भनाई नेपालप्रति लक्षित थिए । ‘केही साथीहरुमा सिङ्गो पार्टीको एकता होइन , नेताहरुको झगडामा आफ्नो भूमिका र भविष्य देख्ने प्रवृत्तिका कारण समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘मिलाउने नाममा केहीलाई ‘बाइकट’ गर्ने र केहीको महिमागानमा समय विताउने काम राम्रो होइन ।’ कार्यक्रममा सचिव द्वय शंकर पोख्रेल, विष्णु पौड्याल, पोलिट्व्युरो सदस्य प्रदीप ज्ञवालीलगायतले पनि बोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस्