२८ आश्विन २०८३, बुधबार

साउदीको समस्या संविधानसभामा उठाउछुः सन्जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

333333काठमाडौं, १ असार । संविधानसभाका सदस्य केदार सन्जेलले साउदी अरब दुतावासले व्यवसायी र कामदारलाई परेको समस्या र त्यसको समाधानका लागि आफुले मन्त्रिपरिषदमा कुरा उठाउने बताएका छन् । प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले आइतवार राजधानीमा आयोजना गरेको साउदी अरबको प्रवेशाज्ञा तथा मलेसियाको रोजगारीमा देखिएको समस्या विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

साउदी दुतावासले कामदारको भिषा लगाउन अनावश्यक दुःख दिएकाले कामदार र व्यवसायीलाई समस्या हुने गरेको उनको भनाई थियो । ‘यो विषयमा म राज्य व्यवस्था समितिमा । संविधानसभामा पनि गम्भीर रुपले उठाउछु,’ उनले भने, ‘यो विषय व्यवसायीसँग मात्र सम्बन्धित छैन, यसले कामदारलाई पनि प्रत्यक्ष असर पारेको छ ।’ यस्तो विषयमा सरकारको ध्यान जान जरुरी रहेको उनको भनाई थियो ।
त्यसैगरी मञ्चका अध्यक्ष टंकबहादुर राउतले साउदी अरब दुतावासले प्रवेशाज्ञा भिषा लगाउँदा अनावश्यक कागजात मागेर कामदार र व्यवसायीलाई दुःख दिएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । केही ‘काटे«लीङ’ गर्ने समुहका कारण समस्या आएको उनको दाबी थियो केही व्यक्तिको फाईल दुतावासमा समयमा नै स्टयाम्पिङ गर्ने गरेको पनि उनले दाबी गरे । साधारण लेबरको फाईल समयमा नै हुने भए पनि अन्य फाईलको काम एक साता भन्दा बढी लाग्ने गरेको उनले बताए ।

साउदी सरकारले म्यानपावरका सञ्चालक र कार्यालयमा काम गर्ने कर्मचारीको पुलिस रिपोर्ट, अध्ययनको प्रमाणपत्र लगाएतका काजगज माग्न थालेकाले काम गर्न समस्या भएको उनको भनाई थियो । उक्त विषयमा संविधानसभामा उठाउनु पर्ने र यस्ता समस्या तत्काल समाधान गर्न पहल गर्नु पर्ने उनको सुझाव थियो । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष बलबहादुर तामाङले साउदीमा देखिएको जस्तै समस्या अन्य देशमा आउन नदिन व्यवसायी र सरोकारलावा निकाय सचेत हुनु पर्ने बताए ।