२८ आश्विन २०८३, बुधबार

मनिषाको सम्मानमा भर्जिनियामा रात्रीभोज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha-koirala

विजय थापा
भर्जिनिया । नेपालकी छोरी र वलिउडकी सुपरस्टार कलाकार मनिषा कोइरालाको सम्मानमा जुलाई ५ र ६ तारिखमा भर्जिनियामा रात्री भोजको आयोजना गरिने भएको छ ।

३२ औ एएनए सम्मेलनको अवसरमा कोइराला आउने निश्चित भएपछि उनको सम्मानमा रात्री भोजको आयोजना गर्न लागिएको जनकारी सम्मेलनका मुख्य संयोजक हेमन्त श्रेष्ठले बिज्ञप्ति मार्फत जनकारी दिनुभएको छ । ३२ औ एएनए सम्मेलनमा कोइरालासँगै बसेर रात्री भोजन गर्न इच्क्षुक सम्पूर्ण प्रसंशकहरुलाई आग्रह गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

भोज जुलाई ५ तारिखको दिन साँझ ८ देखि १० बजे तय गरिएको छ । भोजमा सरिक हुन् चाहना राख्नेको लागि एकलको १ सय ५० र जोडीका लागि २ सय डलर शुल्क राखिएको आयोजकले जानकारी दिएको छ । जुलाई ६ तारिखको दिन ५ देखि ७ बजे तय गरिएको छ भने उक्त रात्री भोजको लागि एकलको लागि १ सय र जोडीको लागि १ सय ५० ​डलर राखिएको छ ।

​ उक्त रात्री भोज ३२ औ एएनए डिसी सम्मेलन हुने भर्जिनियाको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने छ । ​यसको लागि अग्रिम रुपमा रात्री भोजको टिकट खरिद गर्नको लागि चाजो मिलाई सकिएको र यसको लागि ३२ औ एएनए सम्मेलन आधिकारिक संजाल anadcconvention2014.org बाट किन्न सकिने उल्लेख गरिएको छ ।