सुर्खेत, १ असार । जिल्लाका विभिन्न १७ गाविसबाट कामदारका रूपमा बाहिरी देशमा जानेहरूका लागि एचआइभीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र आम्दा नेपाल–हामी परियोजनाको सहयोगमा यहाँको दिगो विकास कोषले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । विशेषगरी एचआइभी सङ्क्रमितहरू बाहिरी देशबाट काम गरेर फर्केकाहरू भएकाले विदेश जानेहरूलाई यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दिगो विकास कोषका जिल्ला सुपरभाइजर खेमराज पौडेलले जानकारी दिनुभयो ।
संस्थाले २०६९ सालदेखि जिल्लाका पश्चिम क्षेत्रका घाटगाउँ, तातोपानी, विद्यापुर, बाबियाचौर, सालकोट र गुठुमा यो कार्यक्रम सञ्चालन गरेको छ ।
यस्तै जिल्लाका अन्य गाविस उत्तरगङ्गा, लाटिकोइली, जर्वुटा, छिन्चु, रामघाट, मेहेलकुना, बजेडिचौर, दशरथपूर, लेखफर्सा र मैन्तडामा पनि कार्यक्रम सञ्चालन भएको छ ।














प्रतिक्रिया