२९ आश्विन २०८३, बिहिबार

सरकारलाई ‘विफलतामा डिस्टिङ्सन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbar

काठमाडौं, १ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसएलसी नतिजा पोहोरको भन्दा २.३५ प्रतिशत बढेर ४३.९२ प्रतिशत उत्तीर्ण भएको शुक्रबार सार्वजनिक गर्योि। विद्यालय भर्नालाई आधार मान्ने हो भने उत्तीर्ण प्रतिशत यसको एकतिहाइ पनि पुग्दैन।

किनकि, दस वर्षअघि ९२०६१० कक्षा १ मा १३ लाख ६१ हजार ७ सय ३१ विद्यार्थी भर्ना भएका थिए।

विद्यालय शिक्षाले उच्च सफलता पाएको भए ती सबैले २०७० मा एसएलसी दिनुपर्थ्यो र ४४ प्रतिशत हाराहारी उत्तीर्ण हुँदा पनि निकै ठूलो संख्याले उच्च शिक्षाको सुनौलो ढोकाबाट प्रवेश पाउँथ्यो।

नतिजा त्यस्तो आएन। किनकि, ठूलो परिमाणमा विद्यार्थी एसएलसी परीक्षाको ढोकैमा पुगेनन्, तल्ला कक्षाबाटै विद्यालय छाडे।

यसपालिको नतिजामा नियमिततर्फ जम्मा १ लाख ७३ हजार ४ सय ३६ परीक्षार्थीले सफलता पाए। भर्नाका आधारमा यो १२ दशमलव ७३ प्रतिशत मात्र हो।

कक्षा १ मा भर्ना भएका विद्यार्थीका आधारमा अहिलेको उत्तीर्ण प्रतिशत हेर्दा नेपालको विद्यालय शिक्षाको अनुत्तीर्ण प्रतिशत ८७ हुन्छ। अर्थात् सरकारले विद्यालय शिक्षामा पाएको असफलताको नतिजा विशिष्ट श्रेणीको देखिन्छ। नागरिक दैनिकबाट