काठमाडौं, १ असार । अधिकांश जिल्लामा सर्पले डसेका बिरामीलाई दिनुपर्ने ुएन्टिस्नेक भेनमु अभाव भएपछि त्यस्ता बिरामी धमाधम राजधानी आउन थालेका छन्। धेरैजसो तराई र पहाडी जिल्लाका अस्पतालमा सर्पको विष प्रतिरोधात्मक औषधि सकिएपछि समस्या भएको छ।
शुक्रराज ट्रपिकल अस्पतालमा पछिल्लो साता सर्पले डसेका १३ जना बिरामी भर्ना भएका छन्। पछिल्लो एक महिनामा सर्पले डसेका ३५ जना बिरामीलाई उपचारपछि घर पठाइएको अस्पतालका प्रमुख डा। शंकरबहादुर श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार जिल्लामा औषधि अभाव भएकाले उपचारका लागि धमाधम काठमाडौं रेफर हुने गरेको छ। उनले भने, ‘यहाँ पनि ढिलो गरी आउने हुँदा बिरामी बचाउन हामीलाई हम्मेहम्मे पर्न थालेको छ। समयमै जिल्लामा औषधि पुर्याएको भए उनीहरूको ज्यान जोखिममा पर्ने थिएन।’
श्रेष्ठले कहिलेकाहीं एकै दिन सर्पदंशका पाँचजनासम्म बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको बताए। यस्ता बिरामी राजधानीका वीर, पाटन र शिक्षण अस्पतालमा पनि भर्ना भएका छन्।
जिल्लामा औषधि नभएका कारण सर्पले डसेका गुल्मीका १८ वर्षीय आशिष थापा शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका छन्। उनले जिल्लामा औषधि नभएरै आफू काठमाडौं आउन बाध्य भएको बताए। उनलाई सर्पले टोकेको थाहा पाउनेबित्तिकै रूपन्देहीस्थित लुम्बिनी अञ्चल अस्पताल पुर्याइएको थियो। तर त्यहाँका डाक्टरले औषधि नभएको भन्दै काठमाडौं रेफर गरेका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया