२९ आश्विन २०८३, बिहिबार

‘तपाईंलाई लेख्‍न गाह्रो, हामीलाई संशोधन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sukiकाठमाडौं, १ असार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आउङ सन सू चीले नेपालको लोकतान्त्रिक आन्दोलन आफ्ना लागि प्रेरणा बनेको बताएकी छन्।

संविधानसभा भवनमा शनिबार सभासद्लाई सम्बोधन गर्दै सू चीले भनिन्, ‘तपाईंहरू जननिर्वाचत संस्थाबाट संविधान बनाउँदै हुनुहुन्छ। हामी भने करिब १० प्रतिशतभन्दा कमलाई प्रतिनिधित्व गर्ने सैनिक अधिनायकहरूले छानेका सदस्यबाट बनाइएको संविधानमा परिवर्तन गर्न खोज्दैछौं।’

‘यसरी हेर्दा एक ढंगले हामी दुवै राजनीतिक विकासको उस्तैउस्तै बिन्दुमा छौं।’ उनले थपिन्, ‘तपाईंहरूले बिहानदेखि नै मलाई प्रेरणा स्रोत भन्नुभएको मैले सुनिरहेकी छु, तर वास्तवमा तपाईंहरू म र बर्मेली जनताको प्रेरणा स्रोत हुनुहुन्छ।’

सू चीले आफू म्यानमारमा शान्तिपूर्ण जनादेशमार्फत प्रजातन्त्र बहाली र संविधान परिवर्तन गर्न लागिपरेको बताइन्। ‘तर संविधान संशोधन गर्न दुई तिहाइ चाहिने र सेनाद्वारा करिब एक तिहाइ सांसद मनोनीत गरिने भएकाले यो काम गाह्रो छ’, उनले भनिन्। अन्नपूर्ण पोष्ट दैनिकबाट