२८ आश्विन २०८३, बुधबार

मेची–महाकाली रेलमार्ग बन्दै, सिमरा–बर्दिवास खण्डबाट काम शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TRAIN–nepalकाठमाडौँ, ३१ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल विभागले मेची–महाकाली अन्तर्गत सिमरा बर्दिवास खण्डको काम सुरु गर्ने भएको छ ।

एक सय आठ किलोमिटर लम्बाइ रहेको सो खण्डअन्तर्गत सर्लाहीको लालबन्दीमा पाँच किलोमिटरका लागि टेन्डर आह्वान भई निर्माण कार्य सुरु गर्न मुआब्जा वितरण कार्यका लागि मूल्य निर्धारण कार्य सम्पन्न भइसकेको विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिनुभयो ।

यसका लागि मन्त्रालयले चालु आर्थिक वर्षमा सो कार्यका लागि रु ६० करोड विनियोजन गरेको छ । चरणबद्ध रूपमा विभागले रेलमार्ग निर्माण कार्य अगाडि बढाउँदै लाने नीति लिएको छ । ‘हामीले चालु आवभित्रै थप २४ किलोमिटर निर्माणका लागि छिट्टै अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्दैछाँै,’ ‘महानिर्देशक आचार्यले भन्नुभयो, ‘विभागले पहिलो चरणमा १०५ किलोमिटर रेलमार्ग पाँच वर्षभित्रमा सम्पन्न गर्ने ध्येय राखेको छ ।’

मेचीको काँकरभिट्टादेखि महाकालीको गड्डा चौकीसम्मको मेची–महाकाली विद्युतीय रेलमार्गको कुल लम्बाइ ९४५ किमि रहेको छ । महानिर्देशक आचार्यले यो रेलमार्गले पूर्व–पश्चिमको आर्थिक, सामाजिक क्षेत्रमा दुरगामी प्रभाव पार्दै गरिब जनताको जीवनस्तर माथि उठ्ने विश्वास व्यक्त गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले असार १ गते सो रेलमार्ग खण्डको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।