
काठमाडौँ, ३१ जेठ । नेपाल भ्रमणका क्रममा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले आफ्नो भ्रमणका क्रममा धेरै पूर्व प्रधानमन्त्रीसँग भेट गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । वीपी स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक विचार गोष्ठीमा नोबल शान्ति पुरस्कार विजेता सुकीले यस्तो खुशी व्यक्त गर्नुभएको हो । उहाँले नेपाल भ्रमणको पछिल्लो २४ घन्टामा काठमाडौंमा आफुले भेटेका पूर्व प्रधानमन्त्री आफ्नौ जीवनकालमै सबै भन्दा बढी भएको कुरा कार्र्यक्रममा समेतबताउँनु भयो । वर्तमान प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र झलनाथ खनालसँगै मञ्चमा बस्नुभएकी सुकीको कुराले उहाहरु पनि मख्ख पर्नुभएको थियो।
सामाजिक लोकतन्त्रमा सबै जात, धर्म, जाति र विचारको प्रतिनिधित्व हुने भन्दै उहाँले सम्पूर्ण जनताको भावना बुझ्न नेताहरुलाई आग्रह गर्दै कुनै जाति विशेषको मात्र पक्ष नलिन सुझव दिनुभयो ।













प्रतिक्रिया