२८ आश्विन २०८३, बुधबार

सरोज खनालदेखि ओमविक्रम विष्टसम्मले यसरी हेर्दैछन अमेरिकामा विश्वकप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

World Cup Football

विजय थापा

बिश्वकप फुटबल प्रतियोगिताको नसाले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ । व्यस्त जीवन र दौडधुपसँगै जीवन चक्र घुम्ने पातालमा बसोबास गर्ने र फुटबलप्रेमीहरुलाई ज्वरो फुटाएको छ । अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार हरेक दिन नेपालीहरु झुम्मिरहेका हुन्छन् ।

नेपालको तेह्रथुम घर भै अमेरिका छिरेका साहित्यकार बसन्त श्रेष्ठ अघिल्लो बिश्वकप प्रतियोगितामा अमेरिकामा भएको जनाउँँदै काठमाडौँमा उहिले हेरेको सम्झना गराए । आफूलाई फुटबल खेल मन पर्ने र खेल्ने गरेको बताउँदै उनले यसपटक ब्राजिलकै पोल्टामा उपाधि पर्ने भविश्यबाणी गरे ।

यसैगरी पप सम्राट गायक ओम बिक्रम बिष्टले आफ्नो घर नयाँ सडक वरिपरि अखडा भएकोले भएकोले आफू नया सडक समुह ९एनआरटी ०को ग बर्गबाट खेलेको स्मरण सुनाए । उनी पनि ब्राजिलका फ्यान हुन् ।

यसै गरी कोलोराडोमा लामो समयदेखि बसोबास गरि रहेका र नेपाली चलचित्रका नायक नवराज श्रेष्ठले आफू अग्रपंक्तिको खेलाडी भएको र बिभिन्न प्रतियोगितामा भाग लिएको बताउँदै आएको स्मरण गरे । उनी भने अर्जेन्टिनाले जित्नेमा विश्वस्त छन् ।

यसैगरी अमेरिका र नेपाल आवतआवत गरी रहने चर्चित नेपाली गायिका नलिना चित्रकारले आफूले सन् २०१० मा स्पेन बिजयी हुँदा टुडिखेलमा ठूलो पर्दामा हेरेको स्मरण गरिन् । स्पेनको पहेलो गन्जी पहिरेको स्मरण गराउँदै उनले आफूले अर्जेन्टिनालाई समर्थन गर्ने बताइन् ।

यसैगरी अमेरिका नेपाल समाज वाशिंगटन डिसीका पुर्व अध्यक्ष खेम भट्टचनले उहिले म्याग्दीमा पनि खेल हेरेको स्मरण गर्दै काठमाडौँ ,जापान र अमेरिकामा हलुका जौ मदिरा सेवन गर्दै मनोरन्जन गरेको बताए । अर्जेन्टिनाले बिश्व कप लाने दाबी छ उनको । आफू काममा भएकोले मिलाएर पुनः हेर्ने बताए, उनले ।

अमेरिकामा दुई दशक भन्दा अगाडि छिरेका भर्जिनिया लाउडन काउन्टीमा बसोबास गरी पेसाले लेखा परीक्षक रहेका हरि शर्माले आफूले काठमाडौँमा भोगटेको भकुण्डो बनाएर खेलेको कथा सुनाए । गणेश थापा संगसंगै भकुण्डो खेलेको बताउदै उनले गणेश थापालाई गोलीगाँठोमा अरु खेलाडीले हानेको र थापा खेल नखेलेर गएको अविस्मरणीय घटना सुनाए । शर्मा ब्राजिलका फ्यान हुन् ।

दूइ दशक भन्दा अगाडि पाताल छिरेका नायक सरोज खनालले कलाकारितामा प्रवेश गर्नु भन्दा अगाडि चितवनबाट टोलीमा खेलेको सुनाए । भकुण्डो खेल सबैभन्दा राम्रो लाग्छ, उनलाई । केहि समयपछि भकुण्डो खेलमा भएको एक अविस्मरणीय दुखद घटना सुनाउँदै खनालले त्यहाँबाट भकुण्डो खेल्न छोडेको बताए । अभिनेता खनाल पनि ब्राजिलले उपाधि जित्ने कुरामा आशाबादी छन् ।

एक महिनासम्म चल्ने खेलमा सबै हेर्न नसके पनि समय मिलाएर हेर्ने अधिकांशले बताएका छन् । नेपाल जस्तो राति उठेर हेर्नु नपर्ने र बत्तीको समस्या नहुने हुनाले सबैले आफ्नो पक्ष खेल समूहको टिसर्ट किनेर लगाउने गरेका छन् ।

यो पंक्तिकारले पनि २०१० को बिश्वकप अमेरिकामा र २००६ को इटालीले जितेको त्रिशुलीमा खेल हेरेको र जौ मदिरा सेवन गर्दै हेर्ने सुरमा फाइनल खेलको मध्यान्तरमा नै नशाले गर्दा हेर्न नसकेको अविस्मरणीय घटना ताजै छ ।