२९ आश्विन २०८३, बिहिबार

अध्यक्ष खनालको अंश मुद्दा नेकपा–माओवादीले मिलाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

झापा, ३१ जेठ । शुक्रबार बिहानैदेखि पूर्वप्रधानमन्त्री खनालका जेठो दाजु रत्ननाथको शनिअर्जुन नगरपालिकामा पर्ने घरमा मानिसको निकै भीडभाड थियो। उनका दाजुभाइ, रत्ननाथका छरछिमेकी तथा नेकपा माओवादीका झापाका कार्यकर्ताको त्यहाँ निकै ठूलै जमात थियो।

एमाले अध्यक्ष खनालको परिवारमा नेकपा माओवादीका कार्यकर्ता जग्गा विवाद मुद्धाका बारेमा छलफल गर्न उपस्थित थिए। छलफलमा यत्रो समयसम्म अंशबन्डा मुद्धा टुंगो नलागेका कारण अब जुनसुकै विकल्प अपनाउने निर्णय भएको माओवादीका झापाका नेता दयाराम दहालले बताए । उनले भने, ‘विकल्पमा छलफल पनि हुनसक्छ। कानुनी बाटो पनि हुनसक्छ।’

झलनाथ खनालले आफ्ना दाजु–भाइ बीचको अंश विवाद नमिलाउँदा अंश दिलाइदिन माग गर्दै खनालका दाजुभाइले नेकपा–माओवादीमा केही दिनअघि उजुरी दिएका थिए। एमाले अध्यक्ष खनालका भाइहरू पूर्णचन्द्र, धर्मप्रसाद, गंगाप्रसाद, जनकप्रसाद र प्रेम खनालले माओवादीसमक्ष न्यायका लागि उजुरी दिएका हुन्। माओवादी केन्द्रीय समिति र झापा जिल्ला समितिमा उनीहरूले उजुरी दिएका हुन्।

उनीहरूले झापा अर्जुनधारा ६ को लगभग २० करोड मूल्यको १० बिगाह जमिन अंशमा नपाएको भन्दै उजुरी दिएका छन्। राजमार्गबाट लगभग १ किलोमिटर उत्तरको उक्त जमिन प्रति कठ्ठा दुईलाख रूपैयाँमा बिक्री हुने बताइएको छ।

२०२० साल साउन २६ गते ज्ञानिराम भट्टराइबाट १५ बिगाह जग्गा जेठा बुवा पुङ्गनाथका जेठा छोरा रत्ननाथ खनाल (झलनाथका जेठा दाजु) का नाममा रजिष्ट्रेसन गरिएको थियो। माइला बुवा रुपनारायण र कान्छा बुवा लोकनाथले इलामको साँखेजुङ्गको अंश बिक्री गरी संगोलमा १५ बिगाह जमिन किनेको छोराहरुले दावी गरेका छन्।

खनालका भाइहरुले १५ बिगाहमध्ये १० बिगाह फिर्ता पाउनुपर्ने दावी गरेका छन्। कुल १५ बिगाह जमिन मध्ये ५ बिगाह जेठा बुबा पुङ्गनाथका आठ भाइले अंशबन्डा गरिसकेको अंश दावी गर्ने भाइहरुले बताए। अन्नपूर्ण पोष्ट दैनिकबाट