१ कार्तिक २०८३, शनिबार

उपनिर्वाचनको अन्तिम तयारीमा निर्वाचन आयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nilakantha Upreeti Election-737926काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उप–निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

निर्वाचन शिक्षा तथा सूचना केन्द्रद्वारा उप–निर्वाचनको तयारीका बारेमा जानकारी दिन शुक्रवार आयोगमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीलेयस्तो बताउँनु भएको हो । ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुने कुरामा कसैले शङ्का नगरे हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै मत सदर मत, सबै मतदान सहज मतदान’ भन्ने उद्देश्यका साथ उपनिर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्न लागेका छौँ ।’
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मङ्सिर– ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका विषयमा शङ्का, उपशङ्का गर्ने ठाउँ कतै नरहेको प्रस्ट पार्नुभयो ।

निर्वाचन आयुक्त इला शर्माले उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगले काम गरिराखेको बताउनुभयो ।

आयोगका सचिव मधु रेग्मीले निर्वाचनको विश्वसनीयता र निर्वाचनलाई त्रुटिरहित बनाउन आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।