काठमाडौँ, जेठ ३० । लोकेन्द्रबहादुर चन्द समुहको विरोधकै बीच राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका पशुपति शम्शेर राणाले आफू नै पार्टीको बैद्यानिक अध्यक्ष भएको बताएका छन । केन्द्रीय समितिको दुई तिहाई बहुमतले आफुलाई चयन गरेको भन्दै उनले यस्तो बताएका हुन् । राणाले चक्रिय प्रणालीको विषयमा छलफल महाधिवशेनमा छलफल भए पनि त्यो त्यही बेला अस्विकार भएको समेत दाबी गरे । पार्टीको विधान अनुसार रिक्त भएको अवस्थामा केन्द्रीय समितिले अध्यक्ष चयन गर्ने ब्यवस्था रहको र त्यही अनुरुप आफुँ अध्यक्ष बनेको उनको तर्क थियो । उनले कुनै पनि हालतमा पार्टी फुट्न नदिने समेत दावी गरे ।
पार्टीका असन्तुष्ट पक्षसँग वार्ता गर्न सहमहामन्त्री हेमजंग गुरुङ र केन्द्रीय सदस्य रोसन कार्की रहेको वार्ता टोली समेत गठन गरिसकेको उनको भनाई थियो
। उनले चन्दले पार्टी नफुटाउने विश्वास ब्यक्त गर्दै उनीलाई सधै सम्मान गर्ने बताए । असार २ गतेका लागि चन्द समुहले बोलाएको केन्द्रीय समितिको बैठकको औचित्य नरहेको पनि प्रष्ट पारे ।













प्रतिक्रिया