१ कार्तिक २०८३, शनिबार

पार्टीलाई सही दिशामा हाँक्न मेरो उम्मेदवारी: नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal

कञ्चनपुर, ३० जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भन्नुभयो–“मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोर्‍याउने हो ।”

नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ता भेटघाटमा यहाँ आएका नेता नेपाले पत्रकारसम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पार्नुभयो ।

पार्टी रूपान्तरका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ । “नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ”– उहाँले भन्नुभयो ।

वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वमा ध्यान दिनसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।