काठमाडौं, ३० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क शिखर अघि नै काठमाडौं जान चाहेको बताएका छन्। नेपालको प्रगतिमा सहयोगी बन्ने निश्चित योजनाबारे कुराकानीका लागि यस्तो अवसर खोजेको उनले प्रस्ट्याए।
नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले मोदीसँग बिहीबार अपरान्ह भेटघाट गरेका थिए। उनले कुराकानीकोफ क्रममा थाती रहेको नेपाल भ्रमणको निम्तोबारे सम्झाए। ‘म आगामी नोभेम्बरमा हुने सार्क शिखर सम्मेलन अघि नेपाल जान प्रयत्नरत छु,’ मोदीको भनाईँ उदृत गर्दै सिंहले भने।
सिंहले भारतले अरु दक्षिण एसियाली छिमेकीकफ तुलनामा नेपाललाई प्राथमिकता दिन नसकेको बताए। ‘वार्षिक अनुपातमा भारतले भुटानलाई ५ हजार करोड र अफगानिस्तानलाई ३ हजार करोड रुपैयाँ सहयोग उपलब्ध गराइरहेको छ तर नेपालको हकमा यो वर्य सहयोग बढेको भनेर मुस्किलले ६ सय करोड रुपैयाँ मात्रै पुगेको छ,’ उनले मोदीसमक्ष भने।
सेभेन रेसकोर्सस्थित प्रधानमन्त्री निवासमा भएको २० मिनेट लामो वार्तामा मोदीले नेपालमा जलविद्युत योजना विकास गर्न भारत तत्पर रहेको बताउँदै कुनै योजना टुंगो हुनासाथ त्यसमा लाग्ने सबै खर्च अनुदानका रुपमा दिने बताएको आजको कान्तिपुरमा खबर छ।
















प्रतिक्रिया