१ कार्तिक २०८३, शनिबार

एक लाखमा एमआरपी!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport_nepal

काठमाडौं, ३० जेठ । हस्तलिखित राहदानीजस्तै मेसिन रिडेबल पासपोर्ट(एमआरपी) समेत बिक्री हुन थालेको छ। एक लाख रुपैयाँ खर्च गरेर नेपालको एमआरपी लिएकी एक तिब्बती युवतफ पक्राउ परेकी छन्।

भारतमा शरणार्थीको धर्मशालामा बस्दै आएकी २५ वर्षीया तिब्बती युवती डेचेन याङ्ताईले नेपाली एमआरपी लिएकी हुन्। एक लाख रुपैयाँमा आफूले सो पासपोर्ट लिएको उनले बताएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

०७३५५०२७ नम्बरको नेपाली पासपोर्ट उनले लिएकी थिइन्। रसुवाकी सीता तामाङको नागरिकता प्रयोग गरी आफ्नो फोटो टासेर याङताईले नेपाली पासपोर्ट बनाएकी थिइन्। फर्म भर्दा नै उनले तामाङको नाममा आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र राहदानी विभागका कर्मचारीले समेत नागरिकता र फर्मको फोटोमा फरक-फरक व्यक्ति भएको थाहा पाएनन्। यसमा मिलेमतोसमेत हुनसक्ने भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थाल्ने भएको छ।