२८ आश्विन २०८३, बुधबार

फुटबल जर्सीमा दुई लाख नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2369382_big-lndकाठमाडौं, ३० जेठ । अबका ३३ दिन संसारका ३२ देशका राष्ट्रिय फुटबल टोली मैदानमा हुनेछन्। र, सिंगो विश्व नजर उत्साहसाथ त्यहीँ अल्भ्किरहनेछ।

फुटबल दुनियाँको एक महारथी देश ब्राजिलमा नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे ुविश्वकप फुटबल २०१४ु सुरु भएको छ, ब्राजिलविरुद्ध क्रोएसियाको पहिलो खेलसँगै।

असार ३० सम्म चल्ने विश्व फुटबलको यो २० औं संस्करणमा नेपाल भौतिक रूपले सहभागी नभए पनि मानसिक रूपले यसको रौनकबाट कत्ति टाढा रहनेछैन।

कुनै बेला रेडियो ुकमेन्ट्रीु सुनेका भरमा विश्वविख्यात फुटबल खेलाडीहरूको नाम चिनेका धेरै नेपालीले सन् १९८० दशकदेखि टेलिभिजनको सिधा प्रसारणबाट खेलको प्रत्यक्ष स्वाद लिन पाए। २०१४ सम्म आइपुग्दा फुटबल ुक्रेजु कतिसम्म बढ्यो भने, विश्वकपको पूर्वसन्ध्यामा फुटबल जर्सी राजधानीको हट फेसन बन्न पुग्यो।

आ–आफ्नो रुचिअनुसारका टिमको समर्थनमा रंगीविरंगी जर्सी लगाएर हिँड्ने फुटबलप्रेमीको संख्या सहरबजारमा उल्लेख्य भेटिन्छ। यस्तो प्रतीत हुन्छ, मानौं सिंगो राजधानीको सडक फुटबल मैदानमा परिणत भएको छ, अनि मैदानमा ओर्लन तम्तयार प्रतिस्पर्धी ३२ देशकै खेलाडी यहीँ घुमिरहेका छन्।

अझ बढी देखिन्छ, जर्सीमा खिचेको फोटो सामाजिक सञ्जालमा राख्ने होड। नागरिक दैनिकबाट