२९ आश्विन २०८३, बिहिबार

क्यान्टिनको खानामा हैजाको जिवाणु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौ, ३० जेठ । संसद सचिवालय क्यान्टिनको खानामा हैजाको जिवाणु भेटिएको छ । यो जिवाणुका कारण झाडा पखाला, उल्टी आउने, सास फेर्न ग्राहो हुने ज्वरो आउनेलगायतका समस्या पनि उत्पन्न हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिक्षणबाट ‘स्टाफाइलो कोकस अरिएस’ र ‘व्यासिलियस सिरियस’ नामका २ थरी जिवाणु फेला परेको हो । ‘यसले खानेकुरालाई विषाक्त बनाउँछ,’ विभागका प्रवक्त्ता प्रमोद कोइरालाले भने । जिवाणुको सक्रमणले आधा घण्टा भित्रै उल्टी हुनसक्छ । यस्तै, २४ घण्टापछि टाउको दुख्ने, सास फेर्न समस्या, झाडा पखाला, छालाको संक्रमण जस्ता समस्या देखिन सक्छन् ।

कोइरालाले क्यान्टिनको स्थलगत र प्राविधिक मुल्यांकनका आधारमा धेरै समस्या भेटिएको जानकारी दिए ।  अनुगमनका क्रममा क्यान्टिनमा बासीरसडेगलेको खानेकुरा पाइएको थियो । क्यान्टिनको सरसफाइमा समेत ध्यान दिइएको थिएन । ‘संक्रमित खानाका जिवाण’बाट ६ सय भन्दा बढी रोग लाग्न सक्छन् । धेरै सख्यामा जिवाणु हुदा स्वास्थ्यमा थप हानी गर्छ, विभागका बरिष्ठ अनुुसन्धान अधिकृत समेत रहेका कोइरालाले भने ।

सबै जिवाणुको अध्ययन गरी प्रतिवेदन तयार पार्न करिब ७२ घण्टा लाग्छ । सचिवालय क्यान्टिन अतिसंवेदनशिल भएकाले दोहोर्‍याएर परिक्षण गरिएको थियो । ‘२ पटकसम्म परिक्षण गरेकाले अन्तिम नतिजाको लागि केही ढिलाई भयो,’ उनले भने, ‘बासी र ताजा खाने कुरा एकै ठाउमा राख्दा यस्तो समस्या हुन्छ ।’

उनका अनुसार, केही दिनभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर संसद सचिवालयलाई बुझाइनेछ । ‘सिहदरबार भित्र त्यस्तो होला भन्ने कसैले सोचेको थिएन ।  हजारौले खानारनास्ता खाने क्यान्टिनबाट जुनसुकै बेला ठुलो महामारी फैलनसक्छ,’ कोइरालाले भने, ‘यो गम्भिर अपराध हो ।’ कसुर गम्भीर भएकाले क्यान्टिन बन्द गरी कारबाही समेत गर्ने विभागको ठहर छ । कान्तिपुर दैनिकबाट