२८ आश्विन २०८३, बुधबार

बालिका बलात्कार गर्ने राजीव फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balakter-1

राजविराज, २९ जेठ । सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् ।

तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफन्तको घरबाट विवाहमा सरिक भई फर्कंदै गरेकी पीडितलाई सोमबार बिहान ५ बजे एक्लैदेखि डरधाक, धम्की देखाई आँपको बगँैचामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार उजुरी दिएका छन् । उजुरीका आधारमा बिहीवार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडितको गत मङ्गलबार राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । घटनापछि फरार आरोपितको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले बताउनुभयो ।

विगत ११ महिनाको अवधिमा सप्तरीमा भएका बलात्कारका घटनामध्ये २४ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रासस