इलाम, २९ जेठ । इलामको गोदक गाविस वडा नं ५ मा आफ्नै छोराको हत्यामा सङ्लग्न बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
इलामको गोदक–४ बाट स्थानीयवासीको सहयोगमा बिहीवार विहान ५ बजे प्रहीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न रही फरार रहेका इलाम नगरपालिका–६ निवासी यामबहादुर राई आफ्ना भड्केला छोरा टासी शेर्पालाई मङ्गलबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका थिए । पक्राउ परेका राईलाई प्रहरीले अहिले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक गौतम थापाले जानकारी दिनुभएको छ ।
कामको सिलसिलामा इलामकै किशोर कटुवालको घरमा डेरा गरी बसेका १९ बर्षीय शेर्पाको धारिलो हतियार प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा इलाम अस्पतालमा मृत्यु भएको थियो । दुई–तीन दिनदेखि छोरो घरमा नआएको र छोरा घरमा आउने बित्तिकै बाबुले हतियार प्रहार गरेको मृतकका परिवारले बताएका छन्।













प्रतिक्रिया