प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि करिब दुई महिना अमेरिका बस्नुपर्ने भएपछि नयाँ प्रधानमन्त्रीको खोजी भएको छ ।
प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै काँग्रेसकै उपसभापति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरी कार्यबाहक प्रधानमन्त्री दिने तयारीमा छन् । तर, मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री वामदेव गौतम लगायत एमाले नेताहरु त्यसको विपक्षमा छन् ।
रामचन्द्रलाई कार्यबाहक प्रधानमन्त्री बन्न नदिन काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा पनि लबिङमा छन् । बरु, एमालेसँग हात बढाएर सुशील सरकारको विकल्प खोज्न उनले अनौपचारिक वार्ता सुरु गरेका छन् ।














प्रतिक्रिया