काठमाडौं, २९ जेठ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुपर्ने भएपछि कार्यवाहक प्रधानमन्त्री दिने गरी उपप्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई नियुक्तिगर्ने मनस्थितिमा पुगेका छन् । पौडेल कांग्रेसका उपसभापति पनि हुन् ।
उपचारका निम्ति अर्को साता अमेरिका जाने तयारीमा रहेका कोइराला त्यहाँ एक महिनाजति बस्नुपर्नेछ । उनी आफ्नो अनुपस्थितिमा एमालेबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री वामदेव गौतमलाई कार्यवाहक प्रधानमन्त्री नदिने पक्षमा छन् । मन्त्रिपरिषदमा गौतम दोस्रो बरियताक्रममा छन् । कांग्रेसकै प्रकाशमान सिंह पनि उपप्रधानमन्त्री छन् ।
प्रधानमन्त्री सम्बद्ध स्रोतका अनुसार कोइरालाले पौडेललाई उपप्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र आफू निकट नेता र राष्ट्रपति रामवरण यादबसँग छलफल गरिसकेका छन् । कोइरालालाई अमेरिकामा जिब्रोको क्यान्सरको फलोअप चेक गराएर र्फकन दुई साता लाग्छ । चिकित्सकहरुले फोक्सोमा देखिएको दागको पनि अमेरिकामै उपचार गराउन सुझाव दिएकाले थप दुई साता बस्नुपर्ने छ । अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया