२९ आश्विन २०८३, बिहिबार

कोइराला अमेरिका जानुअघि मनोनयन र नियुक्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौ, २९ जेठ । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जानुअघि नै २६ सभासद् मनोनयन गर्ने तयारीमा सरकार जुटेको छ । कोइरालाले स्वास्थ्य उपचारका लागि असारको दोस्रो साता अमेरिका जाने तयारी गरेका छन ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अमेरिका जानुअघि संविधानसभाको २६ सभासदको मनोनयन, सरकारको नीति तथा कार्यक्रमको सम्वोधन र राजदूत नियुक्तिको प्रकृया सक्ने तयारी सरकारको छ ।

जिव्रोको क्यान्सरबाट पीडित प्रधानमन्त्री कोइरालाको फोक्सोमा पनि शंकास्पद कालो दाग देखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन चिकित्सकहरुले उनलाई सुझाइसकेका छन । ‘असारको दोस्रो सातामा जाने परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरहेको छ’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘त्यसअघि २६ सभासदको मनोनयन, राजदूत नियुक्ति लगायतका काम टुंगाउने तयारी भईरहेको छ ।’

निर्वाचन सम्पन्न भएको सात महिना वित्न लाग्दा समेत सरकारले २६ सभासद् मनोनयन गर्न नसक्दा संविधानसभा अपुर्ण छ । संविधानसभालाई पुर्णता दिन ढिलाई गरेका कारण सर्वोच्च अदालतले वैशाख २९ मा १५ दिनभित्र २६ सभभासदो मनोनयन गर्न सरकारको नाममा आदेश दिएको थियो । समयभित्र मनोनयन गर्न नसकेपछि सरकारले अदालतको निर्णय बिरुद्ध पुनरावलोकन गरेको छ ।

मुद्दाको पुनरावलोकन चलिरहेपनि अदालतको निर्णय अनुसारको मापदण्डका आधारमा सभासद् मनोनयन गर्न कुनै समस्या नपर्ने सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले बताए । ‘प्रधानमन्त्री लामो समय बस्नुपर्ने परिस्थति बन्यो भने उहाँको अनुपस्थितीमा कुनै काम अघि बढ्न सक्दैन’ रिजालले भने, ‘प्रधानमन्त्री अमेरिका जानुअघि २६ सभासद् मनोयन र राजदूत नियुक्तिको प्रकृया टुंगाउन सरकार लागेको छ ।’ भारत लगायत १६ मुलुकमा राजदूत खाली छन । कान्तिपुर दैनिकबाट