काठमाडौं, २८ जेठ । नेपाल टेलिकमले आफ्ना सेवामार्फत एसएलसी परीक्षाको परिणाम सेवाग्राहीलाई उपलब्ध गराउने भएको छ ।
यसवर्षको एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर जिएसएम मोबाइलबाट १६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कलको व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट एसएलसीडटएनटिसीडटनेटडटएनपी(slc.ntc.net.np) मार्फत प्राप्त गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया