सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

परराष्ट्रमन्त्रीद्वारा गैरआवासीय नेपालीसँग छलफल

दैनिक नेपाल २०७१ जेठ २८ गते १५:४८

mahendra-pandey

काठमाडौँ, २८ जेठ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको विकासका लागि पर्यटन, लगानी र वैदेशिक व्यापार क्षेत्रको प्रवद्र्धन गर्न आप्रवासी नेपालीले महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा बेलायतमा बस्ने नेपालीले यसतर्फ उचित ध्यान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीले बेलायतस्थित नेपाली दूतावासले हिजो साँझ आयोजना गरेको कार्यक्रममा प्रवासी नेपाली समुदायका प्रतिनिधिसँगको भेटघाटमा सो कुरा बताउनुभएको हो ।

उहाँले लोकतान्त्रिक संविधान निर्माण गरी लागू गर्न सरकार कटिबद्ध रहेको जानकारी गराउँदै देश विकासको गतिलाई तीव्र पार्न गैरआवासीय नेपालीको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बेलायतका प्रवासी नेपाली सङ्घका प्रतिनिधिले पासपोर्ट छिटोछरितो र भरपर्दो बनाउनुपर्ने, आप्रवासी नेपालीलाई पहिले प्राप्त गरेको नागरिकता कायमै राख्न पाउने व्यवस्था मिलाउने र निवृत्त भएका गोर्खा सैनिकले प्राप्त गर्ने सुविधा सहुलियतलाई समन्यायिक बनाउन कोसिस जारी राख्नुपर्ने, आप्रवासी नेपालीको श्रम, सीप र ज्ञानलाई मातृभूमिको विकास र प्रगतिमा सङ्गठित रुपमा लगाउनुपर्ने सुझाव दिनु भएको नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित