शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

पार्टी खोल्‍न बालक अपहरण

दैनिक नेपाल २०७१ जेठ २८ गते ७:४५

Balak Apharanबारा, २८ जेठ । नयाँ भूमिगत पार्टी खोल्न चाहिने पैसा जुटाउन तराईमधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय नेता तथा संविधानसभा चुनाउमा रौतहट(३ बाट पराजित उम्मेदवार भाग्यनारायण बैठाले अढाइ वर्षीय बालक अपहरण गराएका छन्।

धनीका छोराछोरी अपहरण गरेर पैसा असुल्ने अनि भूमिगत पार्टी खोलेर हिंसात्मक गतिविधि गर्ने योजनाअनुसार यही जेठ १४ गते भक्तपुरबाट अढाइ वर्षीय बिट्टु चौधरीको अपहरण गरेको पत्ता लगाएपछि प्रहरीले भाग्यनारायणसहित चारजनालाई पक्राउ गरेको छ।

सूर्यविनायकबाट बिट्टुलाई अपहरण गरी भारत लगेर परिवारसँग डेढ करोड रुपैयाँ फिरौती मागिएको थियो। प्रहरीले फिरौती माग्ने अमलदेव ठाकुर र दिनेश सिंहलाई भारत विहारबाट तथा भाग्यनारायण र मनोजकुमार बैठालाई राजधानीबाट पक्राउ गरेको हो।

अपहरण गरी फिरौती मागेको पैसा जम्मा गरेर दल खोल्ने जिम्मा भाग्यनारायण र अमलदेवले लिएका थिए। अपहरणकारीमध्येका राजु यादवले बालकलाई अपहरण गर्न डेढ महिनासम्म उनका बुबा राकेश चौधरीको कबाडी संकलन केन्द्रमा काम गरेका थिए। अमलदेव र दिनेशलाई मंगलबार बारामा सार्वजनिक गरी प्रहरीले उक्त घटना बाहिर ल्याएको हो।

प्रहरीका अनुसार गत वर्ष वैशाखमा रौतहट देवाही करुणियाका भाग्यनारायण बैठा, बारा बेनौलीका अमलदेव, रौतहट सरमुजुवाका मनोजकुमार र भारत विहार घोडासन भेलवाका दिनेश सिंहबीच राजनीतिक दल खोल्ने र बम विस्फोट गराउने सल्लाह भएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित