काठमाडौं, २८ जेठ । नेपाल र भारतका १० वटा संरक्षित क्षेत्रका बाघबारे दुई देशले संयुक्त प्रतिवेदन तयारी थालेका छन् ।
प्रतिवेदन लेखनमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट महेश्वर ढकाल र भारतबाट राष्ट्रिय बाघ संरक्षण प्राधिकरणका एसपी यादव संलग्न छन् । संयुक्त प्रतिवेदन तीन महिनापछि बंगलादेशमा हुने बाघ पाइने १३ देशको सम्मेलनमा प्रस्तुत गरिनेछ ।
नेपालतर्फका पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा चितवन, बर्दिया र बाँके निकुञ्जमा एकै पटक २०१३ मा गरिएको गणनाबाट १९८ बयस्क बाघ यकिन गरिएको थियो । त्यसै समयमा भारतर्फको वाल्मीकि, कतरनियाघाट, सोहेल्वा वाइल्डलाइफ रिजर्भ, पिलिभित टाइगर रिर्जभ र दुधवा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गर्दा १ सय २ बयस्क बाघ भेटिएका थिए ।
नेपालको वागमती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्मको ४९ हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा सँगसँगै भू-परिधि कार्यक्रम चलिरहेकाले भू(परिधिस्तरको संरक्षणबारे सन्देश दिन बाघको संयुक्त प्रतिवेदन लेख्न लागिएको इकोलोजिस्ट ढकालले बताए । उनका अनुसार १० वटा बाघ नेपाल र भारततर्फको संरक्षित क्षेत्रतिर आउजाउ गर्ने गरेको पाइएको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया