एसएसपी रमेश खरेललाई कारबाहीका लागि सिफारिस गर्ने छानबिन समितिको वैधतामाथि नै प्रश्न उठेको छ ।
खरेलले आरोप लगाइएका व्यक्ति नै छानबिन समितिको संयोजक भएकाले सो समितिको बैधतामाथि प्रश्न उठेको हो ।
खरेलले गत जेठ १० गते एआईजीमा बढुवा हुने केही डिआईजीहरू ब्रिफकेश बोकेर नेताहरूको पछि लागेको बताएका थिए । छानबिन समितिका संयोजक डिआईजी विज्ञानराज शर्मा बढुवाका प्रतिस्पर्धीमध्ये एक थिए । एसएसपी खरेलले आरोप लगाएका व्यक्तिले नै उनीमाथि छानबिन गरेपछि यतिबेला प्रश्न उठेको हो ।













प्रतिक्रिया