२९ आश्विन २०८३, बिहिबार

लालबाबु पण्डितका स्वकीय सचिव कर्मचारीसँग थर्काएर पैसा उठाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Pandit-2

काठमाडौं, २७ जेठ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओशिष आलमले कर्मचारीलाई विभिन्न बहानामा थर्काएर रकम असुली गर्ने गरेका छन्। सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार उनले सरुवा, बढुवा तथा कारबाहीबाट जोगाउन भन्दै कर्मचारीसँग करोडौं रुपैयाँ उठाइसकेको खबर आजको आर्थिक दैनिकमा छापिएको छ।

पण्डितले स्वकीय सचिव आलममार्फत घुस उठाउँदै नेकपा एमालेको महाधिवेशनमा खर्च गर्ने बताउने गरेका छन् ।

स्रोतका अनुसार आलमले तराईमुलका कर्मचारीहरुलाई भारतको रासनकार्ड लिएको फेला परेको भन्दै एक/एक जना बोलाउँदै कारबाही चलाउने भनेर थर्काएर पैसा उठाइरहेका हुन्। आलमले पैसा लिएको कुरा सामान्यका सबै कर्मचारीलाई थाहा भए पनि कसैले मुख खोल्न सकेका छैनन्। ‘मन्त्रीभन्दा पनि पीए ठूलो देखिन्छन्’ एक कर्मचारीले भने, ‘मन्त्रीले नसकेकाहरुसँग पनि पीए आलमले पैसा असुल्ने गरेका छन्।’

पैसा नदिने कर्मचारीलाई उनले विभिन्न बहानामा रोक्ने गरेका छन्। शंकास्पद भूमिकामा देखापर्ने आलमको केही अबैध धन्दा गर्नेहरुसँग निकट सम्बन्ध रहेको स्रोतको दाबी छ ।