विजय थापा
भर्जिनिया । ३२ औ एएनए सम्मेलनको लागि नेपाली चलचित्रका महानायक राजेश हमाल आउने पक्का भएको जानकारी एएनए सम्मेलन सांस्कृतिक संयोजक तथा नायक सरोज खनालले दिएका छन् । डिसी महानगर क्षेत्रमा सरोज खनाल अध्यक्ष भएको युनाईटेड नेपालले आयोजना गरेको कार्यक्रममा राजेश हमालले कार्यक्रम देखाउने गरेका थिए भने भर्खर बिवाह बन्धनमा बाँधिएका महानायक यसपाली एएनए सम्मेलनको लागि नयाँ बेहुलीको साथ आउने भएका छन् ।
यसैगरि गायन क्षेत्रमा निक्कै ख्याती प्राप्त अर्का गायक कलाकार राजेश राजेश पायल राई पनि एएनए सम्मेलनको लागि आउने भएका छन् । सम्मेलनका लागि बलिवुड अभिनेत्री मनिषा कोइरालापनि आउने निश्चित भएको छ । उहाँलाई हेर्नको लागि प्रसंशकहरु अधिक आउने भएकोले ३२ औ एएनए सम्मेलनमा निकै चाप बढ्ने र भिड हुने अनुमान सरोज खनालले गरेका छन् ।
राजेश हमालका प्रस्तुति तथा राजेश पायल राईको गीतले ३२ औ एएनए सम्मेलन घन्काउने छ ।














प्रतिक्रिया