२८ आश्विन २०८३, बुधबार

भक्तपुरमा अपहरित बच्चा भारतमा अपरहणमुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौं, २७ जेठ । कूख्यात भारतीय अपराधिक समूहबाट १४ दिन अगाडि भक्तपुरबाट अपहरणमा परेमा साढे दुई वर्षे बालक सोमबार मध्यरात भारतको विहारमा अपरहणमुक्त भएका छन्। जेठ १४ गते कवाडी सामानको ब्यापार गर्दै आएका राकेश चौधरीका साढे दुई वर्षीय छोरा अपहरणमा परेका थिए।

विश्वस्त स्रोतका अनुसार जिल्ला प्रहरी कार्यलय बाराको प्रहरीले टोलीले अपहरणको मुख्य योजनाकार दिनेश सिंह र बच्चालाई भक्तपुरबाट अपहरण गरेर लैजाने राजु चौधरीलाई पक्राउ गरेको छ।

चौधरी राकेशकै कामदार हुन्। काम गर्न बसेको केही समयपछि उनी साढे दुई वर्षीय बालक लिएर बेपत्ता भएका थिए। राकेशले प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाले खोजी सुरु गरेको थियो।

विश्वस्त स्रोतका अनुसार दिनेश सिंह नेपाल-भारत सीमावर्ति क्षेत्रमा अपहरणमा कहलिएका अपराधि हुन्। उनी भारत मोतिहारी निवासी हुन्। पक्राउ परेका सहयोगी राजु चौधरीसमेत भारतीय नागरिक हुन्।

उनीहरुलाई बारा प्रहरीले एक सातादेखि खोजी गरिरहेको थियो। विश्वस्त स्रोतका अनुसार बारा प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्की आफैं प्रहरी टोली लिएर अपहरणमा परेका बालक र अपहरणकारीको खोजीमा खटेका थिए। उच्चस्रोतका अनुसार सोमबार बेलुका एसपी कार्की आफैंले भारतको मोतिहारी पुगेर बालकको उद्दार गरी नेपाल ल्याइसकेका छन्। स्रोतका अनुसार अपहरणबारे विस्तृत विवरण आज पत्रकार सम्मेलनमार्फत् बारा प्रहरीले सार्वजनिक गर्दैछ। नागरिक दैनिकबाट