काठमाडौं, २७ जेठ । नेपाली समाजका निम्ति जनसंख्या वृद्धि हुनु, गरिबी रहिरहनु नै विकासको बाधक हो त ? विज्ञहरुले यो विषय गम्भीर ढंगले उठाएका छन् । ‘घरपरिवारको गरिबीले राष्ट्रिय गरिबीमा प्रभाव पार्छ,’ युवा अनुसन्धाता रमेशप्रसाद अधिकारीले भने, ‘तथ्यांकले केही गरिबी घटेको देखाएको छ । त्यो रेमिटेन्सले धानेको हो । आफ्नै विकास मोडलले घटेको होइन ।’
राजधानीमा सम्पन्न प्रथम राष्ट्रिय जनसंख्या सम्मेलनमा ‘जनसंख्या, गरिबी र विकासु विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकारीले यस्तो दाबी पेश गरेका हुन् । बसाइसराईले देशको परम्परागत शैली बदलिएको तर विकास मोडल फेरिन नसकेको उनी बताउछन् ।
विकास योजनाका लागि जनसंख्याको सञ्चारु भन्ने नारासाथ आयोजित तीनदिने सम्मेलनलाई विज्ञहरुले गम्भीरतापूर्वक लिएको बताए । ‘जनसंख्याको आंकडा आउनुमात्र ठूलो कुरो होइन,’ सम्मेलनका सचिव त्रिलोचन पोखरेल भन्छन्, ‘त्यसको विशेषता महत्वपूर्ण हुन्छ । को कहा बस्छ ? के कस्तो अवस्थामा छ ? कुन जातिको हो ? कुन वर्गको हो ? कुन समुदायको स्थिति के छ ? तिनका सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्था के कस्तो छ ? तिनका निम्ति न्यूनतम जीविकोपार्जनको हैसियत निर्माण गर्न के उपाय अपनाउनु पर्ला रु इत्यादि विषय नै जनसंख्या वितरण तथ्यांकलाई चिरफार हुनु आजको आवश्यकता हो ।’
राष्ट्रिय जनगणना-२०६८ को आंकडामा देशको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । यो संख्या अघिल्लो दस वर्षको तुलनामा करिब ३३ लाख बढी हो । तथ्यांकले जनसंख्या वृद्धिदर वाषिर्क १ दशमलब ३५ प्रतिशत रहेको देखाएको छ । आन्तरिक बसाईसराई र अन्तरदेशीय बसाई सराईले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ । जन्मदर घटो छ । र मृत्युदर पनि उस्तै घटेको छ । जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ ।
सामाजिक भूगोलविद् प्रा.भीमप्रसाद सुवेदी बसाईसराई मुद्दा महत्वपूर्ण बनेको बताउछन् । ‘पचास प्रतिशतभन्दा बढी जनसंख्या तराईमा देखिनु र तीसलाखभन्दा बढी नेपाली नागरिक विदेशमा रहेको देखिनु गम्भीर विषय हो,’ उनी भन्छन्, ‘यसले अर्थतन्त्र र समाजमा पार्ने प्रभावलाई सूक्ष्मढंगले केलाउन नसके परिणाम प्रतिकुल बन्न सक्छ ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया