आमसञ्चारका पश्चिमा विद्वानहरु भन्छन्, तिमीहरुको समाचारमा फलोअप नै हुदैन । समाचार ब्रेक गर्न हतार गर्छौ तर त्यसको फलोअप गर्ने होसियारी अपनाउदैनौं । तिमीहरुले बुझ्नुपर्छ, ब्रेकले फस्ट बनाउाछ, फलोअपले फ्याक्टको उत्खनन् गर्छ । हामीसाग उनीहरुका प्रवचन सुनेर अवाक हुनुको कुनै विकल्प हुदैन । मेरा लागि यस्ता निरुपाय क्षणहरु धेरै आएका छन् । गत वर्ष दी न्युयोर्क टाइम्स टावरमा यस्तै दृश्य दोहोरिएको थियो । अझ उनीहरुले यसो पनि भन्न भ्याए, तिमीहरुकोमा कपी एडिटर नै हुादैन । त्यसैले तिमीहरुको एडिटोरियल कन्टेन्ट पनि भञ्ज्यांग देउराली जस्तै हुन्छ जर्कले भरिएको । एउटै पृष्ठमा पनि कुनै कन्टेन्ट ज्यादै स्तरीय हुन्छ, कुनै ज्यादै अशोभनीय । सिन्डीकेट जर्नालिष्ट र प्रशिक्षार्थी पत्रकारका सामग्रीको कक्टेल बनाउाछौ तिमीहरु ।
नेपाली पत्रकारिताको धरातलीय यथार्थ नै यही हो । हाम्रोमा बडाले जे गऱ्यो, त्यही नै ठीक चाला बन्छ । अन्तर्राष्ट्यि प्रचलनमा सानाले बोले गफ र ठूलाले बोले उद्धहरण बन्छ । तर, पत्रकारितामा त्यस्तो हुदैन, स्रोतले बोले समाचार बन्छ । समाचार कि आफैं बन्छ, कि पकाइन्छ । हाम्रो नेपालमा समाचार पकाउन प्रशस्त स्युडो इभेन्टहरु हुन्छन् । तिनै स्युडो इभेन्टहरु जोडेर बिट बनाइन्छ र त्यसैको आधारमा सनातनी श्राद्ध हुन्छ र कहीा त्यतैबाट पत्रकार पुरस्कृत हुन्छ । त्यसमा पनि शक्तिशाली पत्रिकाका सम्वाददाता त हरेक दिन या त पुरस्कृत भैरहेका हुन्छन्, या सम्मानित भैरहेका हुन्छन्, मुलुक भित्र होस् या बाहिर फार्म भिजिट पनि चलेकै हुन्छ । विदेश भ्रमणको वहानामा होस् या कुनै चाडबाड, या छोराछोरीको न्वारान, पास्नी, विवाह नै किन नहोस्, जन्किटको स्युडो इभेन्ट बन्छ । यो जन्किट संस्कृतिले कसरी पत्रकारितालाई राज्यको चौथों अंग बनाइरहने हो, अहिलेको चिन्ता र चासो नै यही हो ।
नेपाली पत्रकारितालाई २१औं शताव्दी सुहाउादो कसरी बनाउने ? आजको ज्वलन्त प्रश्न मात्र हैन, चुनौति पनि हो यो । त्यसका लागि दक्ष जनशक्तिको आवश्यकता छ । आजको सन्दर्भमा त्यस्तो दक्ष जनशक्ति भनेको पढेको हो, परेको हैन । परेकाहरुले गर्ने पत्रकारिताको युग अव सकियो । उनीहरुले जे गरे, त्यो धन्य थियो । यो या त्यो जुन जोड र कोणको भए पनि उनीहरुले गरेको मिसन पत्रकारितको उज्यालो नै आजको तथाकथित नै सही व्यवसायिक पत्रकारिताको आधार हो । उनीहरु इतिहास हुन्, त्यसका लागि उनीहरुलाई धन्यवादका पात्र पनि बनाइनुपर्छ । तर, अहिलेको समय उनीहरुको हैन । अब नयााहरुको समय बनाउन पत्रकारिताको समुचित अध्ययन र अध्यापन हुनुपर्छ । तर, त्यसको स्थिति पनि दयनीय बन्दो छ । केही समय अघि पत्रकारिता पढ्नेको बाढी आएको थियो । तर, अहिले त्यो खहरेमा परिणत भएको छ । नेपाली पत्रकारितामा आफ्नो रोल मोडल नपाउनु, घुमाएर होस् या सिधै पत्रकारितालाई पार्टीकै टाट्नामा लैजानु, तलव र करिअर दुबै नहुनुलगायतका जल्दाबल्दा समस्याका कारण विद्यार्थीहरुले आफ्नो भविष्य देखेनन् र अर्कै डिसिप्लेनको बाटो लागे । यही हालत हुने हो भने अबको केही वर्षपछि रत्नराज्य क्याम्पसले नै सारा नेपाली पत्रकार उत्पादन गर्ने कारखानाकै काम गर्नुपर्ने हुन्छ । त्यो स्थिति नेपाली पत्रकारिताका लागि शुभ हो भनेर किञ्चित पनि भन्न सकिन्न । घुमी फिरी रुम्जाटार भनेझैं नेपाली पत्रकारिता रत्नराज्यदेखि रत्नराज्य नै हुने स्थिति बन्दो छ । यो स्थितिले पत्रकारिताका प्रोजेक्ट प्राध्यापकहरुलाई कति चिम्सो बनाउने हो, हेर्नु छ ।
गत साता काठमाण्डू विश्वविद्यालयमा अध्यापन गराइरहेको बेला एक विद्यार्थीले सोधे, नेपालमा पत्रकारितामा पुरस्कार पाउने हैसियत के हुनुपर्छ ? मेरो उत्तर थियो, पत्रकारिताप्रतिको समर्पण र योगदान । त्यही विषयमा प्रोजेक्ट वर्क गरिरहेका उनले मेरो उत्तरलाई पत्ताएनन् र फिस्स हाास्दै भने, सरले ढाट्नुभयो । मेरो अध्ययनले त पार्टीको मान्छे हुनुपर्ने देखायो । उनले पार्टीका बारेमा ब्याख्या गर्दै भने कि राजनीतिक पार्टीको कि कुनै बिट पार्टीको । यी दुईटामध्ये एउटाको भयो भने पुरस्कार र सम्मानको फालिम लाग्छ । उनले भर्खरै दुई लाख थैलीको राष्ट्यि पत्रकारिता पुरस्कार पाउने कवीर राणाको प्रसंग उठाए । उनले कवीरको योग्यता बताए, देशान्तरको सम्पादक, कांग्रेसको महासमिति सदस्य र प्रचार विभागको सदस्य र त्यही नाममा कांग्रेसको पक्षमा पर्चाकारिता र अन्यको विपक्षमा गाली बेज्जती पत्रिका । अनुसन्धान नै गरेका मेधावी विद्यार्थीले अघि सारेका तथ्यप्रति मैले विमति राख्ने ठाउा थिएन । मैले उनको कुरा सुनेपछि भने, कवीरका बारेमा मेरो केही प्रतिक्रिया छैन । उनी मेरा राम्रा साथी हुन् । हामी सागै मिसन पत्रकारिता गथ्र्यौ । उनले थपे, यस्ता पर्चाकारले मुलुकको राष्ट्यि पत्रकारिता पुरस्कार पाउने भएपछि हामी कसलाई रोल मोडल मानेर पत्रकारिता गर्ने ? मसाग उनको प्रश्नको उत्तर थिएन, मैले फेरि पत्रकारिताकै एक सिद्धान्तको सहारा लिएर भने, पत्रकारितामा प्रोक्सिमिटी हुन्छ, म त्यही आधारमा कवीरले पुरस्कार पाएकोमा प्रतिक्रिया नजनाउने बताएर तर्किए । अझ, उनी झर्कदै थिए, यही त खरावी छ नि सर । तपाईहरु सहधर्मिताका नाममा पत्रकारले गरेका अनि पत्रकारितामा भएका खरावीहरुको विरोध नै गर्नुहुन्न । गंगोत्री नै फोहोर राखेर कसरी गंगा सफा होला र ?
ती विद्यार्थीले सोधेको प्रश्नको चित्तबुझ्दो उत्तर दिन नसकेकोमा मलाई एक किसिमको ग्लानी भैरहेको थियो । मैले मनमनै आफैंलाई भने, हो त नेपालमा पुरस्कारको खेती त्यसरी नै भैरहेको छ । या त पार्टीले सिफारिस गरेका पर्चाकार पुरस्कृत भैरहेका छन् या त विटका नाममा पर्चाकारिता गर्नेहरुले पुरस्कारको जंकिट लिइरहेका छन् । सरकारले दिने पुरस्कारको मात्र हैन, नेपाल पत्रकार महासंघले पुरस्कृत गर्नेहरुको सूची पनि त्यस्तै हुन्छ । त्यहाा पनि पार्टीको कोटामै पर्नुपर्ने हो र कोटामै भागवन्डा गरिने हो । नानाथरिका गुठीहरु, बाबुआमालाई अमर बनाउन बनाइएका प्रतिष्ठानहरुले बााड्ने मान, सम्मान र पुरस्कारको त झन् के कुरा भयो र ?
सारमा, प्रश्न पत्रकार कवीर राणाको हैन, न उनले पाएको पुरस्कार ठीक या वेठीक भन्ने नै हो । प्रश्न उनी योग्य हुन् या अयोग्य भन्ने पनि हैन, हामी कस्तो मानक निर्माण गर्न गैरहेका छौं भन्ने मात्र हो । उनी त कलेजको कक्षामा सन्दर्भवस उठेका एक प्रतिनिधि पात्र मात्र हुन् । यहाा पुरस्कार पाउने केही सदावहार पत्रकारहरु नै छन्, जसको पेशा नै पुरस्कारका लागि आवश्यक लविंग गर्ने र वातावरण बनाउने हो । अहिले मुलुक भित्र मात्र हैन, बाहिर पनि पुरस्कारका पसल थापिएका छन् । हरियो रंगका पैसा कमाउनेहरुले पुरस्कारका नाममा त्यसको क्लोरोफिल सुगाउने चलन पनि यहाा बढ्दो छ । त्यसमा कुनै योगदान या अन्य र्यासनलको प्रश्नै छैन र हुने कुरो पनि भएन । उनीहरुको पक्षमा केही गरिदिए वापतको टिप्स हो, जसले पुरस्कारको हुर्मत मात्र लिने काम गरिरहेको छ । त्यस्तो पुरस्कारको नाम लिदा टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार पनि अहिले चर्चाको तावामा छ । मोटो रकमको यो पुस्रकारले कसलाई अमर बनाउने हो त्यो चााहि थाहा छैन, नेपालमा केही पत्रकारका लागि अलिकति क्लोरोफिल सुध्नलाई वर्षभरिको प्रोजेक्ट बनेको छ,।
पुरस्कारको कुरा गर्दा, व्यक्तिको, पार्टीको त के प्रश्न भयो र ? जसलाई मन पर्छ जे जे नाममा जे जे वहानामा दिए पनि हुन्छ । दिनेले त दिए पनि अरे, लिनेले पनि त विचार पुर्याउनुपर्ने हो । आफूले पुरस्कार, मान र सम्मानका नाममा कतै टिप्स या जंकिट त लिइरहेको छैन ? प्रश्न पुरस्कारको मात्र पनि हैन, राम्राभन्दा पनि हाम्रालाई बुई चढाएर हरेक क्षेत्रका राम्राहरुको दोहन गर्ने बढ्दो अपसंस्कृतिको हो । यो अपसंस्कृतिले वाचडगको भूमिका निर्वाह गर्ने राज्यको चौथो अंग पत्रकारिताको किमार्थ पनि भलो गर्दैन । आगे उनीहरु नै जानुन् ।












प्रतिक्रिया