२८ आश्विन २०८३, बुधबार

एएनए नायक २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu_Thapa

भर्जिनिया । बिगत बर्षहरु झैँ यस वर्ष पनि ए एन ए हिरो –२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई पुरस्कृत गरिने भएको छ ।

३२ औ ए एन ए सम्मेलनमा उनीहरुलाई संस्थाले पुरस्कृत गर्न लागेको हो । ए एन ए नायक २०१४ मा पुरस्कृत हुनेहरुमा सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरेर गिनिज बिश्व पुस्तकमा नाम लेखाउन सफल नेपाल बुटवल घर भै हाल क्यान्सस सिटि बसोबास गर्ने कीर्तिमानी कृष्ण पाण्डेयलाई दिइने भएको छ । उनले एक मिनेट भित्रमा ३६ वटा बिपरित शब्द हिज्जे उच्चारण गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाएका छन् ।

उनलाई १ मिनेटमा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा गलत भएका कारण ३६ वटा ठिक भन्न सकी नयाँ किर्तिमान बनाएका थिए ।यो भन्दा अगाडी यो किर्तिमान भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए । यसै गरि महिलातर्फ सामाजिक सेवाको क्षेत्रमा नेपाल देखि नै संलग्न रही अमेरिकामा अविरल रुपमा महिला हक ,अधिकार तथा महिला सशक्तिकरण सम्बन्धमा अहम भूमिका निर्वाह गर्दै आएकी बिष्णु कुमारी थापालाई सम्मान गरिने भएको छ । यसै गरि ए एन ए नायक २०१४ मा सगरमाथा आरोही तथा पर्वतारोही आङ्ग दोर्जे शेर्पालाई दिने निर्णय गरिएको छ । उनलाई जीवनको उत्तरार्धमा पनि सगरमाथा आरोहण देखाएको उृत्साहका लागि यो सम्मान दिन लागिएको हो । एएनए नायक २०१४ पुरस्कार ए एन ए सम्मेलन समुद्घाटन कार्यक्रममा प्रदान गरिने छ ।