२८ आश्विन २०८३, बुधबार

किन अध्यक्ष बन्न चाहन्छन् ओली ? ओलीका १३ बुँदे प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli1

ओली लेख्छन्: 

पार्टी महाधिवेशन केबल नीति या नेतृत्वको जीतहारको मञ्च होइन, आफैमा एउटा विशाल प्रशिक्षण कार्यक्रम पनि हो । यो पार्टीमा  नयाँ संस्कारको विकास गर्ने महत्वपूर्ण अवसर पनि हो ।

तर, महाधिवेशनको पूर्वसन्ध्यामा केही साथीहरूबाट महाधिवेशनको समग्र प्रक्रियालाई नै अस्वस्थ रूप दिन भइरहेको प्रयाशबाट म चिन्तित छु । एकातिर नीतिगत मतभिन्नता छैन भन्ने र अर्कोतिर ‘डनवाद’ र ‘धनवाद’ का विरुद्धको सङ्घर्षका नाममा पार्टीलाई यो कित्ता र त्यो कित्तामा विभाजित गर्ने गतिविधिबाट म दुखी छु ।