२८ आश्विन २०८३, बुधबार

माधव नेपाल कहिल्यै नउठ्ने गरी हार्नुपर्छः गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, २६ जेठ । एमालेका उपाध्यक्ष समेत रहेका गृहमन्त्री बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाल कहिल्य नउठ्ने गरी हार्नुपर्ने बताएका छन् ।

संसदीय दलका नेता केपी ओलीद्धारा एमाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले नेता नेपाललाई पराजित गर्नै पर्ने बताए । उनले त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई नेता ओलीका पक्षमा लाग्न आग्रह गरे ।

‘कमरेड माधव नेपाल पराजित हुनुपर्छ,’ उनले भने, ‘माधव नेपाल कहिल्यै नउठ्ने गरी पराजित हुनु पर्छ ।’ उनले एमालेका लागि वरिष्ठ नेता नेपाल अपरिहार्य व्यक्ति नरहेको बताए ।

आगामी महाधिवेशनबाट अध्यक्षमा नेता ओलीलाई विजयी गराउनु पर्ने समय आएको बताए ।

विगतमा नेता नेपालाई भरपूर्ण सहयोग गरेको जनाएका उपाध्यक्ष गौतमले सम्मानका लागि एमालेमा वरिष्ठ नेताको पद नेपाललाई दिएको बताए ।

‘सम्मान स्वरुप माधव नेपाललाई वरिष्ठ नेताको पद दिइएको छ,’ उनले भने, ‘सम्मान दिएको उहाँलाई पचेन । सम्मानको बदला उहाँले पार्टीको कार्यकारी पद दिनुपर्छ भनेर दाबी गर्नु हुन्छ । उहाँलाई सम्मान र पद पुगेन ।’