२८ आश्विन २०८३, बुधबार

क्रिकेट संघका अध्यक्षसहित १८ लाई भ्रष्टाचार मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyar

काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

क्यानको १ करोड ४३ लाख १४ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले अधिकांश पदाधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले क्यानका अध्यक्ष लिम्बूसहित उपाध्यक्षहरू विनोदकुमार मैनाली, सुनिलमान अमात्य, कोषाध्यक्ष राजबाबु श्रेष्ठ, सचिव ठाकुरप्रसाद पहाडी, सदस्य पूर्ण लामा, आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द, सदस्यहरू अशोकनाथ प्याकुरेल, किरणशमशेर राणा, ठाकुरप्रताप थापा, राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ।

भ्रष्टाचारमा संग्लन निजी कम्पनीतर्फ गौरा कन्स्ट्रक्सनका सञ्चालक सूर्य अधिकारी, खड्का कन्स्ट्रक्सनका सञ्चालक राजकुमार खड्का, आर कोमल कन्स्ट्रक्सनका रामशरण देउजा, नवनिर्माण कम्पनीका कृष्णप्रसाद पाण्डे, नेपाल कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका सञ्चालक पवन पाठक, डिजाइन सेल आर्किटेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छविलाल अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अख्तियार प्रवक्ता श्रीधर सापकोटाले क्यान पदाधिकारीविरुद्ध आयोगमा परेको उजुरीमा छानबिन हुँदा भ्रष्टाचार पुष्टि भएकाले मुद्दा तयार गरिएको जानकारी दिए। गएको चैत अन्तमा खेलाडीहरूले तलब नपाएको, क्यानमा आर्थिक अनिमियता भएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएका थिए। लगत्तै अख्तियारले क्यानमा छापा मारी सबै कागजपत्र र कम्प्युटर नियन्त्रणमा लिएको थियो। ट्वान्टी–२० विश्वकप खेलेर आएको एक महिनाभित्रै क्रिकेट खेलाडीले क्यानको कार्यशैलीमा प्रश्न उठाएका थिए।

सापकोटाका अनुसार खेलकुद परिषदका इन्जिनियर उपाध्यायले काठमाडौंको मूलपानीमा क्रिकेट मैदान निर्माण गर्न सरकारबाट प्राप्त अनुदान रकमको कुनै काम नगरी ठेक्का सम्झौता गरेका थिए। सम्झौताको कागज बनाई १५ लाख रुपैयाँ र क्रिकेट भवन ९पेभेलियन० निर्माणमा ठेक्का सम्झौताभन्दा बढी रकम भुक्तानी गर्न सिफारिस गराई ३२ लाख ७० हजार १४ रुपैयाँ नोक्सानी पुर्‍याएकोसमेत गरी उपाध्यायबाट ४७ लाख ७२ हजार ७ सय ५१ रुपैयाँ असुल गर्न माग गरिएको छ। नागरिक दैनिकबाट