२८ आश्विन २०८३, बुधबार

राप्रपा फुटको संघारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Rana

काठमाडौं, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि विभाजनको संघारमा पुगेको छ। असन्तुष्ट समूहले नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउनुपर्ने अडान लिइरहेका बेला केन्द्रीय समितिको बहुमतले पशुपतिशमशेर राणालाई अध्यक्ष चयन गरेपछि पार्टी विभाजन हुने अवस्थामा पुगेको हो। राप्रपा पटकपटक फुट्दैजुट्दै गरेको पार्टी हो।

पार्टी केन्द्रीय समितिको आइतबार बसेको बैठकले राणालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। बैठकले निवर्तमान अध्यक्ष सूर्यबहादुर थापालाई पार्टीको संस्थापक वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।

बैठकको सुरुमा निवर्तमान अध्यक्ष थापाले केन्द्रीय समितिलाई सम्बोधन गरेर आफ्नो राजीनामा पेस गरेका थिए। बैठकले थापाको राजीनामा स्वीकृत गस्यो। त्यसपछि केन्द्रीय सदस्य सरोजा शर्माले अध्यक्षमा राणालाई चयन गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन्। प्रस्तावमा लगनलाल चौधरी र आङछिरिङ शेर्पाले समर्थन गरेका थिए।

विगतमा गरेको सहमतिअनुसार आफूहरूले अध्यक्ष पाउनुपर्ने अडान राख्दै चन्द, प्रकाशचन्द्र लोहनीलगायतका नेताले बैठक बहिष्कार गरेका थिए। सहायक महामन्त्री किरण गिरीले ८१ केन्द्रीय सदस्य बैठकमा सहभागी भएको जानकारी दिए। पार्टीमा एक सय चार सदस्य केन्द्रीय समिति छ।अन्नपूर्ण पोष्ट दैनिकबाट