काठमाडौं, २६ जेठ । संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीभित्रको कलह र विवाद समाधान हुन नसक्दा आन्तरिक रूपमा तीनवटा धार सक्रिय भएका छन्।
विराटनगर राष्ट्रिय सम्मेलनबाट चुलिएको विवाद ‘निषेध र विरोध’को राजनीतिमा परिणत भएपछि पार्टी विभाजन भएको दुई वर्षभित्रै अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू बाबुराम भट्टराई र अमिक शेरचनको नेतृत्वमा तीन धार सक्रिय भएको हो।
तीनै धारले एकअर्काको अस्तित्व अस्वीकार गर्न थालेका छन्। समानुपातिक सभासद चयनबाट सुरु भएको ‘निषेधु क्रम पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो सदस्य चयनसम्म आइपुग्दा एमाओवादी विवाद उत्कर्षमा पुगेको हो। अध्यक्ष दाहाल पक्षधर भट्टराई समूह र निस्त्र्कियजस्तै रहेका शेरचन पक्षलाई छाडेर अघि बढ्न थालेको छ।
भट्टराई पक्षले समानुपातिक सभासदमा ३३ प्रतिशत दिनुपर्ने, विराटनगर सम्मेलन स्थगित गरी महाधिवेशनमा जानुपर्ने, विराटनगर सम्मेलनबाटै केन्द्रीय समितिमा ३३ प्रतिशत हिस्सा दिनुपर्ने, संसदीय दलका नेता कृष्णबहादुर महरा र पार्टी महासचिव टोपबहादुर रायमाझीलाई बनाउनुपर्नेजस्ता दर्जनभन्दा बढी माग राखेको थियो। दाहाल पक्षले त्यसलाई सिधै अस्वीकार गरेर अघि बढेपछि विवाद झनै चुलिँदै गएको छ।
‘खासमा अध्यक्ष दाहाल बाबुराम भट्टराई जीहरू नभए पनि पार्टी चलाउन सकिन्छ भन्ने अवस्थामा पुग्नुभएको छ,’ दाहालनिकट एक पोलिटब्युरो सदस्यले भने, ‘बाबुरामजी पार्टीभित्र रहेरभन्दा नरहेर पार्टी चलाउन र गति दिन सजिलो हुने उहाँको निष्कर्ष हो।’ ती पोलिटब्युरो सदस्यका अनुसार दाहालसहित उनी पक्षधर धेरैजसो नेता भट्टराईलाई छाडेर मात्र पार्टीको ‘क्रान्तिकारी धार जोगाउन सकिने निष्कर्षमा पुगेका छन्।
दाहाल पक्षको यही निष्कर्षका कारण पनि १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्यको बलमा दाहाल धारले मुख्यतः भट्टराई पक्षलाई कमजोर बनाउने रणनीतिअनुसार आफ्ना गतिविधि अघि बढाएको हो। नागरिक दैनिकबाट













प्रतिक्रिया