२८ आश्विन २०८३, बुधबार

साहनाको स्वास्थ्यमा सुधार भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahana Pradhan

काठमाडौं, २६ जेठ । एमाले नेतृ साहना प्रधानको स्वास्थ्य अवस्था स्थिर छ । उनको फोक्सोमा भएको निमोनियाको संक्रमणमा थोरै सुधार भए पनि मष्तिस्कघात र अन्य शारीरिक अवस्था भने उस्तै छ । बिहीबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार बिहान बल्खुस्थित बयोदा अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ । ‘अहिले केही भन्न सक्ने अवस्था छैन,’ उपचारमा संलग्न छाती रोग विशेषज्ञ डा संगीत कसजूले भने, ‘विशेष ध्यानमा राखेर उपचार गरिरहे पनि खुसी हुनुपर्ने गरी सुधार हुन सकेको छैन ।’

श्वासप्रश्वासमा समस्या भएर बेहोस भएकी प्रधानको तीन दिनयता होस खुल्न सकेको छैन । उनको मेकानिकल भेन्टिलेरटरमा (अक्सिजन) राखेर उपचार भइरहेको छ । नाकबाट पेटसम्म पुग्ने खानाको पाइप लगाएर चिकित्सकीय पद्धतिअनुसार पौष्टिक तत्त्वहरू पठाइएको डा. कसजूले जानकारी दिए । कान्तिपुर दैनिकबाट