२८ आश्विन २०८३, बुधबार

कतारमा दिउँसो काम गर्न रोक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

qatar-Nepali-worker

दोहा, २४ । जेठ दिनप्रतिदिन तापक्रम बढ्दै गइरहेको बेला कतारमा श्रम मन्त्रालयले तीन महिनासम्म दिउँसोको समयमा काममा लगाउन नपाउने भन्दै स्थानीय कम्पनीलाई सचेत गराएको छ।

उसले जुन १५बाट अगस्ट ३१ सम्म बिहान ११स्३० देखि दिउँसो ३ बजेसम्म बाहिरको काममा नलगाउन कम्पनीलाई निर्देशन दिएको हो। श्रम मन्त्रालयले दिउँसोको समयमा काममा लगाएको भेटिएमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको खबर आजको कान्तिपुरमा छापिएको छ।

‘रोजगारदाताले कामदारलाई नियमअनुसार तोकिएको समयमा मात्रै काम लगाउनुहोला,’ श्रम तथा सामाजिक मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘त्यस्तो समयमा हाम्रा श्रम निरीक्षकहरु कार्यस्थलको अनुगमनमा आउनेछन्।’

जुन पहिलो सातासम्म यहाँ ४६ डिग्रीसम्म तापक्रम बढेको तापमापन विभागले जनाएको छ। ५० डिग्री भन्दा माथिको तापक्रम बढेको सरकारी निकायले जनाएको खण्डमा बाहिर पूर्ण रुपमा हिडडुल गर्नदेखि काम गर्नसमेत प्रतिबन्ध लगाउने बताइएको छ।