२८ आश्विन २०८३, बुधबार

मालिकको छोरा अपहरण पछि रकम माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apharanकाठमाडौं, २४ जेठ । कामदारले आफ्नै मालिकका छोरा अपहरण गरी एक करोड फिरौती मागेका छन् । भक्तपुरका कवाडी सामानको व्यवसाय गर्दै आएका राकेश चौधरीका साढे दुई वर्षका छोरा बिट्टुको उनका कामदार राजु यादबबाटै अपहरण भएको हो ।

अपहरण भएको १० दिन बितिसक्दा पनि प्रहरीले बालकलाई मुक्त गर्न सकेको छैन् । अपहरणकारीले फरक–फरक नम्बरबाट फोन गरी फिरौती माग्न थालेको छ ।

यादवले करिब एक महिनाअघि मात्र चौधरीको न्यु मुस्कान कवाडी पसलमा काम गर्न थालेका थिए । काम गर्नेभन्दा पनि अपहरण गर्ने उद्देश्यले उनले त्यहाँ काम गर्न थालेको खुलेको छ । बाराको कलैया घर बताउने यादवको वास्तविक नाम र ठेगानासमेत खुल्न सकेको छैन् । उनी आपराधिक गिरोहका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

१४ जेठ दिउँसो करिब चार बजे राजेशका छोरा बिट्टुकुमारको अपहरण भएको हो । सुरुमा हराएको भन्दै पीडितले उजुरी दिएका थिए । पछि यादवसमेत हराएपछि कामदारले नै बच्चा लगेको भन्दै उजुरी दिइएकोमा पछि फिरौती माग्न थालिएपछि अपहरण भएको पुष्टि भएको हो । बालक हराएको तीन घन्टापछि परिवारले प्रहरीलाई खबर गरेको थियो । नयाँ पत्रिका दैनिकबाट